म्यान सिटीको लगातार दोस्रो हार, ८ वर्षपछि हार्‍यो आर्सनलसँग – Nepal Press

म्यान सिटीको लगातार दोस्रो हार, ८ वर्षपछि हार्‍यो आर्सनलसँग

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार राती भएको खेलमा आर्सनलसँग भिडेको म्यान सिटी १-० गोलले हरायो।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका गाब्रियल मार्टिनेलीले निर्णायक गोल गरे। उनले ८६ औँ मिनेटमा गोल गरेका थिए। आर्सनलले घरेलु लिगमा ८ वर्षपछि पहिलो पटक म्यान सिटीलाई हराएको हो।

प्रिमियर लिगको यो सिजन ८ खेलबाट समान २० अंक भएको टोट्टनहाम र आर्सनलले गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। १८ अंक भएको म्यान सिटी तेस्रो स्थानमा छ।

म्यान सिटीले अघिल्लो खेलम उल्भ्ससँग २-१ गोलको पराजय बेहोरेको थियो। म्यान सिटीले सन् २०१८ को डिसेम्बरयता पहिलो पटक लगातार दुई लिग हार सामना गरेको हो।

आइतबार राती भएका अन्य खेलमा लिभरपुलले ब्रिघ्टनसँग २-२ गोलको बराबरी खेल्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *