इजरायलमाथि हमासको आक्रमणको घटनामा सन्तुलित ढंगबाट प्रस्तुत हुन सरकारलाई एमालेको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई इजरायलमाथि हमासको आक्रमणको विषयमा सन्तुलित ढंगबाट प्रस्तुत हुन सुझाव दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले नेपालीहरुको उद्धारमा सरकार समन्वयकारी भूमिकामा प्रस्तुत हुन भनेको बताए । बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएका नेपालीको उद्धारमा सरकारले गरेको कामबारे जानकारी गराएको बताए ।
उनले भने, ‘यसमा सरकारले सन्तुलित हिसाबले प्रस्तुत हुनुपर्यो । असन्तुलित हिसाबले सरकार कहीँ पनि प्रस्तुत हुनु हुँदैन ।’ बंकरमा बसेको व्यक्तिहरुलाई उद्धार गर्नको आवश्यक कदम चाल्न सरकारलाई भनेको बताए ।