आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने – Nepal Press

आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।

सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

शनिवार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *