दोहोरो अंकले घट्यो नेप्से – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार शेयर बजार १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४२ लाख ८७ हजार ४२४ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन(आइतबार) ३५ अंकले घटेको सेयरबजार दोस्रो दिन(सोमबार) १२ अंकले घटेको थियो ।

आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीयि संस्था र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीबकर्ताले सर्वाधिक नाफा कमाएका छन् । भने, बरार्ही हाइड्रोपावर पब्लिक लिमिटेड, गरीमा डेबेन्च्अर २०८५ र र्वा इन्र्जिी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, मंगलबार उपसमूहतर्फका १३ वटै समूहको सेयरमुल्य घटेर रातम्मे भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *