इजरायल-प्यालेस्टाइन लडाइँको भित्री रहस्य के हो ?
नेपालप्रेसमा ‘इजरायललाई हमासले दिएको धमासको अन्तर्य १० प्रश्नोत्तरमा’ पढेपछि मलाई पनि केही लेख्न मनलाग्यो । मेरो उद्देश्य लेखमाथि टिप्पणी, कुनै प्रतिक्रिया दिने, आलोचना वा समालोचना गर्ने नभै यतिमात्र भन्न चाहन्छु कि कुनै पनि युद्धविना कारण हुँदैन । र, कारणहरु पनि हिजोको वा आजका हुँदैनन् । आतंकको शुरु कहाँबाट भयो र मानिसले आतंक किन गर्छन् भन्ने थुप्रै प्रश्न आउने गर्छन् । प्रश्न उठछ- वैभव, आधुनिक रमझम र पौराणिक मान्यता, कला र संस्कृतिबीचको युद्ध ? यदि त्यसो हो भने मुसलमान समुदायभित्र पनि फिल्मी दुनियाँ छ । आधुनिकता छ र वैभव छ । आखिर यो केको रिसइबी हो ? इजरायली र अन्य मुलुकबाट कामको खोजीमा होस् या उच्च शिक्षा हासिल गर्न त्यहाँ पुगेका निर्दोष मानिसहरुले के विराएका थिए र उनीहरुमाथि आक्रमण भयो ?
उत्तर सपाट छ । उनीहरुमाथि लक्षित आक्रमण गरिएको भए पनि यो चेतावनी अरु कसैलाई दिएको हो । किनभने इतिहासले यस्तै भन्छ । अहिलेको इजरायल, प्यालेस्टाइन, सुरिया, असुरिया क्षेत्रमा सयौं वर्षदेखि बेला बेलामा ईसाई र मुसलमानहरुबीच झडपहरु भइरहन्थे । झडपको बीचमा यहुदीहरु पनि आउने गर्थे र यहुदीहरुले त्यसताका ‘ताक परे तिवारी नत्र गोतामे गर्थे । जस्तो कि झडपमा ईसाई बलियो देखे उनीहरुको पक्ष लिने र मुसलमान बलियो देखे मुसलमानकै पक्ष लिने ।
राजनीतिक विद्रोह र क्रान्तिबाट संसारमा थुप्रै परिवर्तनहरु भए । तर, धार्मिक विद्रोहले कहींकतै परिवर्तन भएको पाइन्न । तर पनि विद्रोहको राँको कतै पनि निभेन । लेबनान र प्यालेस्टाइनमा उठेको धार्मिक विद्रोहको राँकोले इजरायलबाट मुसलमानको बीउ पनि उडायो । अन्तत बीसौं शताब्दीको मध्यतिर अर्थात सन् १९४८ मा ‘इजरायल’ नामक एउटा छुट्टै राज्यको घोषणा भयो । यो घोषणा भैसकेपछि झन् पश्चिमेली सरकारले द्वन्द्वको आगोमा घिउ थप्दै आउन थाले । भनाइको मतलब दुवैतर्फ हातहतियार उपलब्ध गराउन थाले । अरबियन मुसलमानसँग पैसा लिएर हातहतियार बेच्ने र इजरायली यहुदीहरुलाई योगदान दिएर । ताकि सुरक्षाका लागि भनिएका हातहतियार उठाऊन् र युद्ध नरोकियोस् ।
इतिहासले भन्छ- मुसलमानहरुले कहिल्यै पनि मित्रताका निम्ति हात बढाएनन् । यहुदीहरु र ईसाईहरुले पनि बढाएनन् । कसैले आफ्नो वैभवको हठ गररे निचोर्ने प्रयास गरे भने कसैले आफूसँग भएको स्रोत र साधन बन्द गर्ने धम्की दिए । यति नीच र तुच्छतापूर्ण व्यवहार एकापसमा हुन थाल्यो कि आफ्नो कठपुतली भैरहँदासम्म राम्रो र आदेश दिएअनुसार नाच्न छाडेमा नाच्ने मञ्च नै भत्काइदिनेदेखि तह लगाउनेसम्मका काम हुँदै आए । बीसौं शताब्दीको अन्तिम दशकको शुरुमा फेरि एक पटक पुरानो दुश्मनीपूर्ण व्यवहार खुलासा हुन थाल्यो । कुवेतमा उत्पादित इन्धन कुवेती जनतालाई समेत उपलब्ध नगराइकन टेक्सास पुर्याउने चाहना विफल भएपछि इराकको तेलले लपेटिएको राज्यमा आगो लगाइयो । उक्त आगो अहिलेसम्म पनि इराक र अफगानिस्तानमा निभेको छैन ।
आतंक भनेको यस्तो चिज हो कि आतंक गराउनेहरु पनि आतंकित भएरै गराउँछन् । आतकं गर्नेहरु पनि आतंकित भएर नै गर्ने हुन् । आतकंमा पर्ने व्यक्तिहरु त स्वतः नै आतंकित हुने भए । युद्ध र आतंकले जीत कसैको पनि हुँदैन । यद्यपि लडाकुहरु युद्ध जितेको अफवाह फैलाउन चाहन्छन् । कुनै पनि उद्देश्य प्राप्त गर्न एक पक्षले अर्काे पक्षलाई आतंकित गराउँछ ।
आतंक भनेको यस्तो चिज हो कि आतंक गराउनेहरु पनि आतंकित भएरै गराउँछन् । आतकं गर्नेहरु पनि आतंकित भएर नै गर्ने हुन् । आतकंमा पर्ने व्यक्तिहरु त स्वतः नै आतंकित हुने भए । युद्ध र आतंकले जीत कसैको पनि हुँदैन । यद्यपि लडाकुहरु युद्ध जितेको अफवाह फैलाउन चाहन्छन् । कुनै पनि उद्देश्य प्राप्त गर्न एक पक्षले अर्काे पक्षलाई आतंकित गराउँछ । दोस्रो विश्व युद्ध चलिरहेको बेलामा पनि दक्षिण एसियामा यस्तो अवस्था थियो कि जुलुस, नारा, बन्द र हड्ताल गरेर सरकार पक्षलाई आतंकित गराउने र आफ्नो उद्देश्यअनुसारको कदम चाल्ने काम भयो । अशान्तिपूर्ण र हातहतियारसहितको युद्ध छाडेर नाराजुलुस गर्ने परम्परा भारत स्वतन्त्रताका निम्ति भएका आन्दोलनहरुमा सफल भएको पाइन्छ । किनभने गान्धीले हातहतियारसहितको क्षतविक्षतको लडाइँ नलडरे शान्तिपूर्ण लडाइँ लड्न सिकाए । यो पनि उनको अंग्रेजका तर्फबाट भारतीय जनताको नृशंस हत्या भएको देखेर सकभर त्यस्तो नहोस् भन्ने चाहना हो भनिए पनि उनको भित्री आशय ‘अंग्रेज पक्षको पनि ठूलो नोक्सान नहोस् भन्ने बुझ्न असजिलो छैन ।
जे होस् यसको श्रेय महात्मा गान्धीलाई जान्छ । तर, अर्को पक्षको भनाइ के छ भने इँटको जवाफ पत्थरले दिनुपर्छ भन्ने । तर, यसरी जवाफ दिँदा जसलाई जवाफ दिन खोजिएको हो, ऊ चाहिँ उम्कने र निरीह, निर्दोष जनताको हत्या हुने अवस्था हुन्छ । जसरी रामायणको कथामा रावणको शक्ति र सम्पत्तिको अहंका कारण हजारौं लंकावासी जनताले ज्यान गुमाए । राजा बालीको हत्या भयो । न्याय र अन्यायको फैसला गर्ने अधिकार हामीलाई नभए पनि बाली राजाको हत्यामा न्याय भएको देखिँदैन । त्यसरी नै सद्दाम हुसेनको पद र शक्तिको अहं, ओसामा बिन लादेनको सम्पत्ति र शक्तिको अहं र जर्ज बुशको राज्य शक्तिको अहंले विश्वलाई आतंकित बनायो । लडाइँका पक्ष-विपक्षले सर्वसाधारण जनतामाथि शक्तिको दुरुपयोग गरेर रगतको खोलो बगाएका छन् । उनीहरुलाई भविष्यले माफी दिनेछैन ।
प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास
‘हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे, परसियन अर्थात फारसीहरुले राज्य गरे, ईसाईका युद्ध नायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् । यस्तै इजरायलीहरु पनि यहाँका हैनन् भन्ने कुराको इतिहास र भूगोल साक्षी छ’, हमास पार्टीको घोषणापत्रमा उल्लेख छ ।
यदि उक्त घोषणापत्रलाई ध्यान दिएर पढ्ने हो भने प्यालेस्टाइन कहाँ पर्छ र कसको हो भन्ने प्रश्नको उत्तर पाउन कठिन पर्नेछैन । हामीले चिन्ने प्यालेस्टाइन पश्चिमी जोर्डन राज्य हो । प्यालेस्टाइन भनेको यतिमात्र नभै पौराणिक इजिप्टको इतिहासअनुसार मध्य समुन्द्र तटको दक्षिणपूर्वी तटबाट लगभग आजका राज्यहरु इजरायल, पूर्वी जेरुसलम, गाजा क्षेत्र, पश्चिम जोर्डन राज्य हुँदै आजको जोर्डन पर्छ । यी राज्यहरु ऐतिहासिक र धार्मिक रुपमा असाध्यै महत्वपूर्ण थिए र अझसम्म पनि यथावत छ । यी राज्यहरुमा यहुदी, इस्लाम र ईसाईहरुले आआफनो धर्म फैलाएका थिए ।
कसको हो त प्यालेस्टाइन ?
प्यालेस्टाइनको स्वतन्त्रताका लागि प्रथम युद्ध सातौं शताब्दीमा भएको मानिन्छ । उक्त युद्धको नेतृत्व दोस्रो कालिफन उमार इव्रान अल चटावले गरेको इतिहास भेटिन्छ । त्यसबेलाको स्वतन्त्रता संग्राम टेम्पलबर्गसम्म पुगेको कुरा पनि उल्लेख गरिएको छ ।
हामीले चिन्ने प्यालेस्टाइन पश्चिमी जोर्डन राज्य हो । प्यालेस्टाइन भनेको यतिमात्र नभै पौराणिक इजिप्टको इतिहासअनुसार मध्य समुन्द्र तटको दक्षिणपूर्वी तटबाट लगभग आजका राज्यहरु इजरायल, पूर्वी जेरुसलम, गाजा क्षेत्र, पश्चिम जोर्डन राज्य हुँदै आजको जोर्डन पर्छ । यी राज्यहरु ऐतिहासिक र धार्मिक रुपमा असाध्यै महत्वपूर्ण थिए र अझसम्म पनि यथावत छ ।
त्यसपछि पनि प्यालेस्टाइनमा यहुदी, ईसाई र मुसलमानहरु रहँदै बस्दै गरे । बेलाबेलामा एकाध झडप भैरहन्थे । तर, ११औं शताब्दीसम्म त्यति ठूला झपडहरु भएनन् । तर, ११औं शताब्दीको अन्ततिर रोमका ईसाईहरुका युद्ध नायकहरु संसार ब्रह्मलुट गर्दै चहार्न थाले । यसक्रममा उनीहरु प्यालेस्टाइन पुगे । तब उनिहरुले थाहा पाए कि एउटा खोंचो परेको समुद्रको तटमा रहेको प्यालेस्टाइनबाट अन्य क्षेत्रमा आक्रमण गर्न, युद्ध छेड्न र लुक्न अनि आवतजावत गर्न सजिलो हुने रहेछ । त्यसपछि उनीहरुले प्यालेस्टाइनलाई युद्ध क्षेत्र बनाउने उद्देश्यले कब्जामा लिए । यतिमात्र नभै यी चलाख युद्ध नायकहरुले प्यालेस्टाइनलाई विज्ञान, कला, दर्शनशास्त्र र साहित्यबाट भरिपूर्ण देखे ।
इस्लामहरुको यो सकारात्मक पक्षलाई यहुदी र ईसाई युद्ध नायकहरुले इष्र्याका रुपमा हेर्न थाले र यसको विकासमा बाधा अड्चन हाल्ने योजनाहरु तयार पारे । खासगरी यसपछि आदिवासी प्यालेस्टाइन इस्लामहरु र पश्चिमा रोमन सभ्यताबीच द्वन्द्व शुरु भयो । यसबीच थुप्रै धर्मका नाममा युद्धहरु भए, जसमध्ये ३० वर्षे धार्मिक युद्ध जुन युद्ध इटलीबाट शुरु भएको भए पनि विश्वभरका जनतालाई प्रभाव पा¥यो । यद्यपि यो युद्ध रोमन क्याथोलिकहरुका बीचको नितान्त धार्मिक भनिए पनि यसले प्यालेस्टाइनलाई नराम्रो गरी द्वन्द्वमा फसायो ।
प्रथम विश्व युद्धपछि संसारमा थुप्रै परिवर्तनहरु भए । तर, प्यालेस्टाइनमा विद्रोहको राँको निभेन । अर्कोतिर सन् १९३० र १९४० को दशकमा यहुदीहरुले युरोप र अमेरिकाबाट भूमिगत एवं गैरकानूनी रुपमा यहुदीहरु ओसारेर इजरायल र प्यालेस्टाइनका विभिन्न स्थान एवं क्षेत्रमा बसोबास गराउन थाले । दोस्रो विश्वयुद्ध छेडियो । दोस्रो विश्वयुद्धको क्रममा कम्तीमा पनि एक लाखभन्दा बढी यहुदीहरु प्यालेस्टाइन पुगेर छरिएर बसोबास गर्न थाले ।
सन् १९४५ र १९४६ मा यहुदीहरुले पटक पटक मुसलमान क्षेत्रमाथि आक्रमण गरे । जसरी भए पनि उक्त क्षेत्र अहिलेको इजरायलबाट प्यालेस्टाइनीहरुलाई भगाउने र आफ्नो एकछत्र राज्य गर्ने उनीहरुको उद्देश्य थियो । त्यतिबेला बेलायती सरकारले समेत उनीहरुको उक्त आतंकको विरोध गरेका थिए र प्यालेस्टाइनी प्रहरीसँग संयुक्त काम गरेर यहुदीको शक्तिलाई कमजोर तुल्याउने प्रयास गरे । तर, सफल भएनन् । किनभने त्यतिबेला यहुदीहरुको भूमिगत मोर्चाको आक्रमणबाट बेलायती सैनिक ठूलो संख्यामा हताहत भएका थिए । तत्पश्चात त्यहाँ कर्फ्यु लगाइयो । उक्त कर्फ्यु अवज्ञा गरेको कारण इज्याक रबिन पक्राउ परेका थिए । पछि उनी इजरायलको प्रधानमन्त्रीसमेत बने ।
सन् १९४७ सालमा बेलायतले भारतलाई तीन टुक्रामा विभाजन गरेर छाड्यो । भारत छोड्ने निर्णय बेलायतले सन् १९४५ तिरै गरिसकेको थियो । मात्र उनीहरुले भारतलाई कसरी फुटाएर छोड्ने भन्ने निर्णय नभैसकेकाले झुण्डिइरहेका थिए । किनभने बेलायतका लागि त्यतिबेला भारतीय उपमहादीपभन्दा प्यालेस्टाइन महत्वपूर्ण लागेको थियो ।
यहुदीहरुको मोर्चा यति ठूलो भयो कि उनीहरुले सन् १९४६ पछि अमेरिकामाथि दबाब दिए र भन्न थाले कि पोल्याण्ड र अन्य पूर्वी युरोपमा बसोबास गरेका यहुदीहरुलाई जर्मनी अथवा प्यालेस्टाइन (अहिलेको इजरायल)मा बसाइसराइ गराउनु पर्छ । अमेरिकी सुपरपावरले पनि यसै गर्न थाल्यो ।
सन् १९४७ सालमा बेलायतले भारतलाई तीन टुक्रामा विभाजन गरेर छाड्यो । भारत छोड्ने निर्णय बेलायतले सन् १९४५ तिरै गरिसकेको थियो । मात्र उनीहरुले भारतलाई कसरी फुटाएर छोड्ने भन्ने निर्णय नभैसकेकाले झुण्डिइरहेका थिए । किनभने बेलायतका लागि त्यतिबेला भारतीय उपमहादीपभन्दा प्यालेस्टाइन महत्वपूर्ण लागेको थियो । इतिहासकारहरुका अनुसार समुद्र तटमा रहेको प्यालेस्टाइन बेलायतले आफ्नो लागि भौगोलिक र आर्थिक दृष्टिले महत्वपूर्ण देख्यो । दुबै राज्यलाई समाइराख्नु बेलायतलाई महँगो पर्ने भयो । बेलायतमा गरिबी बढ्दो थियो । लण्डनमाथि धुवाँको कालो मुस्लो निस्कन थालिसकेको थियो ।
यस्तो अवस्थामा प्यालेस्टाइनलाई मात्र समाइराख्नु आफ्नो भलो ठान्यो । तर, प्यालेस्टाइनीहरु र यहुदीहरुको युद्धको राँको बेलायतसम्म मात्र हैन कि संयुक्त राष्ट्रसंघसम्म फैलियो । सन् १९४७ अप्रिलमा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको एक भागलाई यहुदीहरुको र अर्को भागलाई अरबियनहरुको राज्यमा विभाजन गर्ने प्रस्ताव ल्यायो । प्यालेस्टाइनको विभाजनलाई पश्चिम युरोप र सोभियत संघले मञ्जुर गरे । यद्यपि प्यालेस्टाइनीहरुको संघर्ष चाहिँ समग्र प्यालेस्टाइनलाई स्वतन्त्र राज्य बनाउने भन्ने उद्देश्यले प्रेरित थियो । यसरी बेलायतले प्यालेस्टाइनबाट पनि हात धुन परेको थियो ।
प्यालेस्टाइन र इजरायलको विभाजनलगत्तै प्यालेस्टाइनमाथि यहुदीहरुबाट भयंकर आक्रमण भयो । जसबाट सयौं मारिनुका साथै झण्डै तीन लाख प्यालेस्टाइनी त्यहाँबाट धपाइए । भगाइएका प्यालेस्टाइनीहरुका घरहरुमा इजरायलीहरुले गैरकानूनी यहुदी आप्रवासीहरुलाई बसोबास गराए । संयुक्त राष्ट्रसंघले गरेको प्यालेस्टाइन विभाजनअन्तर्गत यहुदीहरुको राज्यको रुपमा आजको इजरायल सन् १९४८ को मे महिनामा गठन भएको थियो ।
सन् १९४७ अप्रिलमा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको एक भागलाई यहुदीहरुको र अर्को भागलाई अरबियनहरुको राज्यमा विभाजन गर्ने प्रस्ताव ल्यायो । प्यालेस्टाइनको विभाजनलाई पश्चिम युरोप र सोभियत संघले मञ्जुर गरे । यद्यपि प्यालेस्टाइनीहरुको संघर्ष चाहिँ समग्र प्यालेस्टाइनलाई स्वतन्त्र राज्य बनाउने भन्ने उद्देश्यले प्रेरित थियो ।
यहुदीहरुले इजरायल राज्य प्राप्त गरिसकेपछि पनि प्यालेस्टाइनमाथि आक्रमण गर्न छोडेनन् । प्यालेस्टाइनीहरुका गाउँ र टोल खाली गराउँदै यहुदीहरुको बसोबास गराउन थाले । प्यालेस्टाइन खुम्चिँदै खुम्चिँदै गयो, इजरायलको क्षेत्र विशाल हुँदै आयो । ती क्षेत्रहरु गाजा क्षेत्र, हायरजासिन र पश्चिम बैंकहरु हुन् । इजरायलीहरुले ५० र ६० को दशकमा जर्मनीबाट पर्याप्त मात्रामा हातहतियारहरु पाउन थाले, कतिपय खरिद गरेर र कतिपय दोस्रो विश्वयुद्धमा जर्मनीमा मारिएका यहुदीहरुको क्षतिपूर्तिको रुपमा ।
प्यालेस्टाइनमा इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अबर नोसार र अहमद सकु आइरीको नेतृत्वमा सन् १९६४ मा प्यालेस्टाइन लिवरेशन अर्गनाइजेशन (पीएलओ)को गठन भयो । पीएलओको गठन डेमोक्रेटिक फ्रन्ट अफ लिवरेशन प्यालिस्टिना, अरब लिवरेशन फ्रन्ट र पपुलर स्ट्रगल फ्रन्टको नामबाट प्यालेस्टाइन र त्यस क्षेत्रको स्वतन्त्रताका निम्ति संघर्षरत संगठनको सहयोगबाट भएको हो । यसमा अरु थुप्रै साना संगठनहरुको सहयोग पनि रहेको छ । ती कतिपय संगठनहरुको अस्तित्व अहिलेसम्म पनि कायम रहेको छ र आ-आफ्नो ठाउँबाट संघर्षरत छन् ।
पीएलओको गठनको लगभग पाँच वर्षपछि यासिर अराफात पीएलओको गुरिल्ला युद्धका नायक बने र उनले बाँध्ने फेटालाई प्यालेस्टाइनको चिन्ह भन्ने घोषणा गरे । युद्ध, संघर्ष र शान्ति वार्ताका विभिन्न उतारचढाव एवं समर्थन, आलोचना र समालोचनाका विभिन्न संघारहरु पार गर्दै यासिर अराफातले आफूले अन्तिम स्वास फेर्दासम्म पीएलओ र समग्र प्यालेस्टाइनको नेतृत्व गरे । अहिले प्यालेस्टाइनको स्वतन्त्रताको लडाइँका निम्ति हमास पार्टीले नेतृत्व गरिरहेको छ । हमासले पीएलओको धेरैजसो उद्देश्यहरुलाई स्वीकार गरेको छ ।