अनेरास्ववियु फुङ्लिङ नगर अधिवेशनमा एमाले उपसचिवको खुकुरी आतङ्क, जिल्ला अधिवेशन स्थगित – Nepal Press

अनेरास्ववियु फुङ्लिङ नगर अधिवेशनमा एमाले उपसचिवको खुकुरी आतङ्क, जिल्ला अधिवेशन स्थगित

विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अनेरास्ववियुको नगर अधिवेशनमा एमाले ताप्लेजुङका उप सचिव मणिसङ्कर पोमुले खुकुरी देखाउँदै विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

आफूले भनेको व्यक्तिलाई नगर उपसचिव नबनाएको भन्दै एमाले ताप्लेजुङका उपसचिव पोमु सहितको समूहले विद्यार्थीमाथि घर घरमा गएर कुटपिट समेत गरेका छन् ।

एमालेका जिल्ला नेताहरूले नै विद्यार्थीमाथि कुटपिट हुँदा नगर र जिल्ला अधिवेशन नै रोकिएको छ । अनेरास्ववियु ताप्लेजुङको अधिवेशन असोज २४ र २५ गते गर्ने तय भएको थियो ।

जिल्ला अधिवेशन गर्नुभन्दा पहिला नगर अधिवेशन चलिरहँदा पोमुले शनिवार कुटपिट गर्दै घर घर गएर विद्यार्थी र कार्यकर्तालाई धम्की समेत दिएको  बताए । उनले पोमुको कुटपिटबाट सन्दीप श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठको उपचार भइरहेको छ । पोमुले नगर अधिवेशनका क्रममा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नारद गौतम,पार्टीको तर्फबाट विद्यार्थी हेर्ने इन्चार्ज लेखनाथ भट्टराईलाई समेत धम्क्याएको लामाले बताए ।

अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा सुरुमा विवाद उत्पन्न भएको थियो ।

आफू जनवर्गीय सङठनको इन्चार्ज भएको भन्दै पोमुले विद्यार्थीका सिनियर नेता हुँदा हुँदै जुनियरलाई अध्यक्ष मण्डल बनाएको असन्तुष्टहरूको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर