इजरायल युद्ध प्रभावित नेपालीलाई राहत, उपचारको व्यवस्था गर्न र शव तत्काल ल्याउन एमालेको माग – Nepal Press

इजरायल युद्ध प्रभावित नेपालीलाई राहत, उपचारको व्यवस्था गर्न र शव तत्काल ल्याउन एमालेको माग

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले इजरायलमा युद्धबाट प्रभावित नेपालीहरूको लागि सरकारले राहतका प्याकेज ल्याउनु पर्ने बताएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनकै बिचमा एक शोक सभाको आयोजना गर्दै उनले युद्धमा ज्यान गुमाएका नेपालीहरूको शवहरू परिवारसम्म पुर्‍याउन, पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको समुचित व्यवस्था मिलाउन माग गरेका हुन् ।

सचिव विश्वकर्माले शोक वक्तव्य समेत जारी गरेका छन्। शोक वक्तव्यमा हमासले इजरायलमाथि गरेको आक्रमणमा परी ज्यान गुमाएको घटना प्रति दुख व्यक्त गरिएको छ ।

उक्त घटनामा नेपालबाट अध्ययनको लागि इजरायल गएका १० जना नेपालीको मृत्यु भएको थियो । मृतक १० जना मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका हुन् ।

१० जनाको तस्बिरमा फूल र अबिर मार्फत श्रद्धाञ्जली समेत दिइएको थियो । उक्त अमानवीय, आततायी नरसंहारकारी घटनाको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले निन्दा र भर्त्सना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर