नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनरामलाई
नेपाल प्रेस
२०८० असोज २४ गते १४:२१
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् । श्रेष्ठले आजैबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।
पूर्वकार्यालय सचिव तथा उप-महासचिव गंगालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव सिताराम नेपाल र विष्णु रिजालले श्रेष्ठलाई खादा लगाएर स्वागत गरे ।
श्रेष्ठले आफूलाई कार्यालय सचिवको जिम्मेवारी दिने केन्द्रीय कमिटी र सचिवालयप्रति आभर व्यक्त गरेका छन् ।
प्रतिक्रिया