अख्तियार सुर्खेतमा कूल २० हजार ९०५ उजुरी, कति भए फर्छ्यौट ? – Nepal Press

अख्तियार सुर्खेतमा कूल २० हजार ९०५ उजुरी, कति भए फर्छ्यौट ?

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार आयोगका कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले ३३ औं वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष पेश गरेका हुन ।

प्रतिवेदन पेश गर्दै पोखरेलले आर्थिक वर्ष २०७९/०८० मा विभिन्न माध्यमबाट आयोगमा कूल २० हजार ९०५ उजुरीहरू परेका जानकारी दिए ।

साथै, अघिल्लो आर्थिक वर्षमा ७ हजार १६२ उजुरीहरू परेका थिए । जसमा कारवाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए ।

जसअन्र्तगत प्राप्त भएको उजुरीमध्ये आयोगको कार्यालय सुर्खेतमा अघिल्लो आर्थिक वर्षबाट ५३५ उजुरीहरु जिम्मेवारी सरी आएको र आर्थिक वर्ष २०७९/८० मा १ हजार ५६१ उजुरीहरु दर्ता भई कुल २० दशमलव ९६ उजुरी छानविन तथा अनुसन्धानको क्रममा रहेकोका छन् ।

उक्त अवधिमा कुल १ हजार १५२ अर्थात ५४ दशमलव ९६ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फछ्यौट भएका छन् भने फछ्यौट भएकामध्ये ८८ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको र ४२९ उजुरी तामेली गरिनुका साथै ५ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ६३० उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी सूचना अधिकारी गौतमले बताए ।

यस्तै, प्रारम्भिक छानविनको क्रममा रहेका ९४४ उजुरी चालु आर्थिक वर्ष २०६०/०८१ मा जिम्मेवारी सरेर आएका हुन् ।

साथै आर्थिक वर्ष २०७९/८० मा छानविन तथा कारबाही गर्नुपर्ने कुल २ हजार ९६ उजुरीहरुमध्ये आयोगको कार्यालयको क्षेत्राधिकार भित्रका ११ जिल्लाका उजुरीहरुमा सबैभन्दा बढी सुर्खेत जिल्लाका ४५४ उजुरी, त्यसपछि दैलेख जिल्लाका ३१५, मुगु जिल्लाका २४०, कालिकोट जिल्लाका २ सय हुम्ला जिल्लाका १८६, जाजरकोट जिल्लाका १७९ जुम्ला जिल्लाका १४३, सल्यान जिल्लाका १३९, रुकुम पश्चिम जिल्लाका १३५, डोल्पा जिल्लाका ८७ र रुकुम पूर्व जिल्लाका १८ उजुरीहरु रहेका छन् ।

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह) सँग सम्बन्धित ५७ दशमलव ५३ प्रतिशत रहेका छन् ।

जसमा शिक्षा (स्थानीय तह) १० दशमलव १६ प्रतिशत, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय ६ दशमलव ९५ प्रतिशत, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण ३ दशमलव ८१ प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी ३ दशमलव ३३ प्रतिशत र अन्य मन्त्रालय/निकाय/क्षेत्रसँग सम्बन्धित उजुरीहरू १८.२२ प्रतिशत रहेका छन् ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा आयोगको कार्यालय सुर्खेतबाट ११३ वटा उजुरीमा विस्तृत अनुसन्धान सम्पन्न भई आयोगमा निर्णयका लागि प्रतिवेदन पेश भएको छ ।

आर्थिक वर्ष ०७९/८० मा आयोगबाट विशेष अदालतमा दायर १६२ मुद्दाहरूमध्ये आयोगको कार्यालय सुर्खेतबाट अनुसन्धान भई प्रतिवेदन पेश भएका ४४ वटा मुद्दाहरु दायर भएका हुन् । जसमध्ये गैरकानुनी लाभ हानिसम्बन्धी ३० मुद्दा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी ९ मुद्दा, घुस रिसवतसम्बन्धी १ वटा मुद्दाहरू रहेका छन् ।

त्यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी, राजस्व चुहावटसम्बन्धी १/१ मुद्दाहरू रहेका छन् । उल्लिखित आरोपपत्रहरूबाट कुल २२९ जनालाई प्रतिवादी बनाई रु.२१ करोड ८२ लाख ७८ हजार २४७ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।

साथै, यस अवधिमा आयोगको कार्यालय सुर्खेतबाट सञ्चालन भएका प्रवर्द्धनात्मक कार्यक्रममध्ये विद्यालयहरूमा सञ्चालन गरिएका २५ वटा विद्यालयस्तरीय कार्यक्रममा १ हजार ९६० जनाको उपस्थिति रहेको थियो भने भ्रष्टाचार निवारण तथा सुशासन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम ७ स्थानमा गरिएको र उक्त कार्यक्रममा ३८२ जनाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर