अफगानिस्तानविरुद्ध रोहितले ६३ बलमा बनाए सतक, भारतको शानदार ब्याटिङ
नेपाल प्रेस
२०८० असोज २४ गते २०:१७
काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबार अफगानिस्तानविरुद्ध भिडिरहेको भारतका लागि रोहित शर्माले सतक पुरा गरेका छन् । २७३ रनको लक्ष्य पाएको भारतले १९ ओभरमा १ विकेट गुमाएर एक सय ५८ रन जोडेको छ। रोहितले ६३ बलमा सतक पुरा गरे ।
उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ औँ सतक बनाएका हुन् । भारतले पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेको हो । रोहितले चार छक्का र १२ चौका प्रहार गरेका छन् । इसन किसन ४७ रन बनाएर आउट भए ।
प्रतिक्रिया
सम्बन्धित खवर