तुलसीपुरले रोक लगायो प्लास्टिकजन्य फूल र मालाको व्यापार
रुपन्देही । दाङको तुलसीपुर उपनगरपालिकाले बजारमा प्लास्टिकजन्य फूल र मालाको व्यापारमा रोक लगाएको छ ।
दशैं तिहार पर्वमा सयपत्री र मखमली फुल उत्तम मानिए पनि पछिल्लो समय बजारमा कृत्रिम फूलमाला भित्रिँदै जाँदा प्लास्टिकका फूलमाला चलनचल्तीमा आएकोले उपमहानगरले रोक लगाएको हो ।
प्लास्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ ।
चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय कृत्रिम प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेकाले उपमहानगरले त्यसको रोक लगाएको सूचना समेत जारी गरेको नगर प्रमुख टिकाराम खड्काले जनाएका छन् ।
तिहार पर्वमा सयपत्री फुल र मखमली फुल उत्तम मानिए पनि पछिल्लो समय बजारमा कृत्रिम फूलमाला भित्रिँदै जाँदा प्लास्टिकका फूलमाला चलनचल्तीमा आएको पाइन्छ ।
प्लास्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ । बजारमा स्थानीयले उत्पादन गरेको मखमली, हजारीलाई महत्त्व नदिएर विदेशबाट आयातित मालाहरूलाई महत्त्व दिने चलन धेरै छ ।
स्वदेशी पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्नका आयातितलाई रोक लगाइएको हो । वातावरण विभागले प्लास्टिक जन्य वस्तुहरू आयातमा कडाइ गरे पनि बजारमा प्लास्टिकजन्य बस्तुहरू विक्री वितरण भइरहेको छ । सरकारले केही समय अघि मात्र प्लास्टिकबाट बनेका फूल गुच्छामा रोक लगाएको थियो ।
नगर प्रमुख टिकाराम खड्काले स्थानीय स्तरमा उत्पादन गरेका फूलहरूलाई प्राथमिकता दिनु पर्ने बताए ।
उनले विदेशी आयातित बस्तुले सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने भन्दै कृत्रिम फूलले गर्दा स्वदेशमै केहि गर्नुपर्छ भन्ने युवाहरूले गरेको स्थानीय खेतीलाई बढवा दिन नसक्ने बताए ।