एसीसी यू-१९ प्रिमियर कप : इरानविरुद्ध कप्तान देव खनालको विस्फोटक शतक – Nepal Press

एसीसी यू-१९ प्रिमियर कप : इरानविरुद्ध कप्तान देव खनालको विस्फोटक शतक

काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानविरुद्ध नेपालका कप्तान देव खनालले विस्फोटक शतक बनाएका छन् । ६० बलमा शतक पूरा गरे लगत्तै उनी आउट भए ।

यू १९ अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो दोस्रो शतक हो । यसअघि उनले यू १९ विश्वकप एसिया छनोटमा कुवेत विरुद्ध शतक हानेका थिए ।

नेपालको राष्ट्रिय टिमबाट पनि खेलिसकेका देव एउटै उमेर समूहमा दुई शतक हान्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । आजको खेलमा उनले १२ चौका र ४ छक्का प्रहार गरे ।

आजको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कमजोर इरानविरुद्ध खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दीपक बोहरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए । दीपक बोहरा ६५ रन जोडेर आउट भए ।

३० ओभरको खेल समाप्त हुँदा नेपालले ४ विकेटमा २६५ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर