१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक – Nepal Press

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब आन्तरिक ऋण उठाउँदै छ । राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोलमाध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्ने विकास ऋणपत्र आज अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ । भने भोलि निष्कासन हुनेछ ।

२०८८ असोज २६ गते साँवा भुक्तानी हुने यस ऋणपत्रलाई धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुने र आर्जित व्याजमा कर लाग्नेछ ।

राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रूपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ ।

त्यसैगरी, बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल व्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

जहाँ घटीमा ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाइ ५० हजार रूपैयाँले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर