सुदूरपश्चिम एमाले अधिवेशन : पदाधिकारीमा सर्वसम्मत, सदस्यमा निर्वाचन
नेपाल प्रेस
२०८० असोज २५ गते १६:०१
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले मतदान भइरहेको छ ।
अध्यक्षसहितका पाँच पदाधिकारी सर्वसम्मत भएपनि केही जिल्लाका सदस्यमा सहमति हुन नसकेपछि मतदान सुरु भएको हो ।
धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा अहिले मतदान जारी छ । कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछाम सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो ।
डोटि, दार्चुला, बाजुरा र डडेल्धुराका सदस्यहरु सर्वसम्मत भइसकेका छन् ।
प्रदेश अधिवेशनले अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर बिकलाई सर्वसम्मत चयन गरेको छ ।
प्रतिक्रिया