कोशी प्रदेश : यी हुन् कांग्रेसका केदारलाई साथ दिने एमालेसहितका ४७ सांसद (सूचीसहित)
विराटनगर । सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सारेलगत्तै कोशीमा कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ ।
नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखकोमा पुगेका हुन् ।
कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।