दुईजनाको मुख्यमन्त्रीमा दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न समय लिए, भोलि मात्रै हुने – Nepal Press

दुईजनाको मुख्यमन्त्रीमा दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न समय लिए, भोलि मात्रै हुने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा भोलिसम्म रहेको छ । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका हुन् ।

संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । उनलाई आजै सत्ता गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेका थिए ।

तर कांग्रेसका शिर्ष नेताहरुको निर्णयविरुद्ध असन्तुष्टी जनाँउदै कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित कांग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनीसहित कांग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्कीबाहेक अरु कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका छन् ।

पत्र बुझाउँदा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभएपनि पत्रमा हस्ताक्षर गरेका छन् । सशरीर उपस्थित भएका प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरु कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झुटो भएको बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “दुईजनाको मुख्यमन्त्रीमा दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न समय लिए, भोलि मात्रै हुने

  1. मेरो हस्ताक्षर किर्ते गरे भनेर उपस्थित भएर प्रदेश प्रमुखलाई भन्दा पनि समय लिने कस्ता प्रदेश प्रमुख ? गठबन्धनका आदेशपालक हुन् कि क्या हो ? खुरूक्क केदारजिलाई मुख्यमन्त्रि नियुक्त गर । हस्ताक्षरर चोर्नेलाई कारवाही गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर