लगानीकर्ताहरु धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध पुगे अख्तियार – Nepal Press

लगानीकर्ताहरु धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध पुगे अख्तियार

काठमाडौं । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

लगानीकर्ताहरुको एक समूहले धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गरेको हो ।

समूहले नियमविपरीत बीमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको भन्दै कारबाही माग गरेको छ । समूहले बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलविरुद्ध उजुरी दिएको हो ।

बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण शेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन् । सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायवल लाइफ बीमा कम्पनीलाई अङ्कित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्र स्वीकृत गरी कानून विपरीतको कार्य गरेको उनीहरुको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *