गैरीगाउँ हत्याकाण्डका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश – Nepal Press

गैरीगाउँ हत्याकाण्डका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गैरीगाउँमा सामूहिक हत्याकाण्डका आरोपित सञ्जय भण्डारीलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार थुनछेक बहसपछि अदालतले भण्डारीलाई थुनामा पठाउने आदेश गरेको हो । भण्डारीमाथि आजीवन जन्मकैद मागदाबी गर्दै अभियोग पत्र दायर भएको थियो ।

भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनामा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *