कोशी कांग्रेस दलका नेता थापाले राजीनामा दिए
नेपाल प्रेस
२०८० असोज २७ गते १३:३६
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् >
सत्ता गठबन्धनको निर्णय विपरीत काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन् ।
प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको उनले बताएका छन् ।
उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिक्रिया
2 thoughts on “कोशी कांग्रेस दलका नेता थापाले राजीनामा दिए”
Leave a Reply
सम्बन्धित खवर
के गर्छौ त खान केदारजिलाई लेखेको रहेछ ।
राजिनामा त अब देउवाले दिनुपर्छ । शेखरको अगाडि के नाकले हिडछौ ? ईन्द्रलाई जिताउन हिडेको प्रचण्डले राजिनामा दिनुपर्छ ।