सेनामा माओवादी पूर्व लडाकुको चलखेल स्वीकार्य छैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीका पूर्व लडाकुको चलखेल स्वीकार्य नभएको बताएका छन् ।
माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा सेना नेतृत्व लागेको आरोप छ ।
अधिकारीको पदावधि थपेर सेनापति बनाउने बाटोमा प्रचण्ड सरकार पुगेपछि कोइरालाको यस्तो टिप्पणी आएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।‘