२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल प्रेस
२०८० असोज २८ गते ११:१२
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ ।
शुक्रवार मात्रै प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिवार बन्द हुने सुनको कारोबार भने हिजो अर्थात् शनिवार कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर