लगातार दोस्रो जित हात पार्दै नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल नजिक – Nepal Press

लगातार दोस्रो जित हात पार्दै नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल नजिक

काठमाडौं । नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो । बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *