टेलिकमले ल्यायो नयाँ अफर, के छन अफरमा ?
काठमाडौं । नेपाल टेलिकमले नयाँ चाडपर्व अफर ल्याएको छ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न उपलब्ध रहेको छ ।
त्यस्तै, ९८ रुपैयाँमा ३ दिनका लागि ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्मको १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्मको २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्मको ३० जीबी डाटा प्याक उपलब्ध रहेको छ ।
आज (असोज २८) देखि लागु भएको अफर आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।
कम्पनीले ७८९ रुपैयाँ फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्मका लागि ३० जीबी डाटा, ६०० मिनेट अल नेट भ्वाइस र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।
त्यसैगरी, एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । जसमा २०० देखि ४९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५ सय वा सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने ८ जीबी डाटा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड ११९९ प्याकेजमा टेलिकमले १ हजार ४९९ रुपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेजलाई १ हजार १९९ रुपैयाँमा उपलब्ध गराएको छ । अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १ हजार वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।