कोशीमा मुख्यमन्त्रीसहित चारजनाको शपथ तयारी, एमालेबाट २ र विद्रोही कांग्रेसका एक मन्त्री थपिँदै
विराटनगर । कोशी प्रदेशमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री थप्न लागेका हुन् ।
एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भएको हो । कार्की अहिलेका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । विद्रोही कांग्रेसबाट भने शमसेर राईले मन्त्रीको शपथ लिने छन् । प्रारम्भिक चरणको मन्त्री विस्तारमा गठबन्धन दलमा रहेका कसैलाई कार्कीले नराख्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भएको छ । मुख्यमन्त्री काठमाडौं जानुअघि हिजो १-१ जना मन्त्री बनाउने सहमति भएको थियो ।