स्वर्गद्वारी आश्रमका समस्या समाधान गर्न एमाले अध्यक्ष ओलीसँग आग्रह (पूर्णपाठसहित) – Nepal Press

स्वर्गद्वारी आश्रमका समस्या समाधान गर्न एमाले अध्यक्ष ओलीसँग आग्रह (पूर्णपाठसहित)

रुपन्देही । स्वर्गद्वारी आश्रम प्यूठानले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन र यसको सम्पत्ति संरक्षणका लागि पहल गर्न आग्रह गरेको छ । आइतबार स्वर्गद्धारी दर्शन गर्न पुगेका ओलीसँग आश्रमका स्वामी ध्यानानन्द गिरीले आश्रमको अवस्था र समस्या सम्बन्धमा ८ बुँदे आग्रह पत्र पेश गरेका छन् ।

गिरीले स्वर्गद्वारी आश्रममा संरक्षित गाईहरूका लागि व्यवस्थित गौशाला नभएकोले धेरै समस्या रहेको हुँदा करिब १ हजार गाई अटाउने व्यवस्थित गौशाला निमार्ण गर्नुपर्ने, दैनिक दर्शनार्थीहरुको चाप बढेसँगै हालको धर्मशालाहरू अपुग र जीर्ण भएकाले करिब १ हजार जनालाई व्यवस्थापन हुने गरी आधुनिक धर्मशालाहरू निर्माण गर्नुपर्ने, आश्रममा अध्ययनरत आवासीय विद्यार्थी(वटुक)हरूका लागि सुविधा सम्पन्न गुरुकुल भवनको अभाव भएकाले त्यसको व्यवस्था र अध्ययनका लागि आधुनिक पुस्तकालय भवन निर्माण गर्नुपर्ने भन्दै पहल गर्न ओलीसमक्ष आग्रह गरेका थिए ।

त्यसैगरी आश्रमको वरिपरि गौचरन तथा अखण्ड यज्ञसञ्चालनका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापनका लागि आश्रमकै स्वामित्त्वमा रहेको करिब २८ हजार रोपनी जङ्कल क्षेत्र संरक्षण गरिनुपर्ने, आश्रम आउने बाटो सहज बनाउनुपर्ने, उत्कृष्ट धार्मिक गन्तव्य बनाउन पर्यटनका सम्पूर्ण पूर्वाधारहरू पुर्याउन पहल गर्नुपर्ने, विभिन्न ठाउँमा आश्रमका नाममा रहेका जग्गा सरक्षणका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि पहल गर्नुपर्ने र सबै श्रेष्ता तयार गरी अभिलेखीकरण गर्नुपर्नेलगायतका माग गिरीले गरेका छन् ।

यस्ता छन् ओलीसमक्ष आश्रमबाट गरिएका मागको पूर्णपाठः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *