रसिद खान भन्छन्- इङ्गल्यान्डमाथिको जितले भूकम्पले आफन्त गुमाएका र घरबारविहीनको अनुहारमा खुसी ल्याउने छ – Nepal Press

रसिद खान भन्छन्- इङ्गल्यान्डमाथिको जितले भूकम्पले आफन्त गुमाएका र घरबारविहीनको अनुहारमा खुसी ल्याउने छ

नयाँ दिल्ली । भारतमा जारी एकदिवशीय विश्वकपअन्तर्गत आइतबार राती साबिक विजेता इङ्गल्यान्डलाई हराएर अफगानिस्तानले एक स्मरणीय सफलता प्राप्त गरेको छ।

जितपछि अफगान खेलाडीहरूमा खुसीको सीमा थिएन । एकदिवशीय विश्वकपमा अफगानिस्तानले १८ खेल खेल्ने क्रममा केवल दोस्रो पटक जित हात पारेको हो ।यसअघि सन् २०१५ मा स्कटल्यान्डलाई पराजित गरेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

जितपछि अफगानिस्तानका प्रभावशाली स्पीनर रसिद खानले आफ्ना देशका नागरिकलाई सम्झिए। हालै हेरातमा भूकम्पका कारण ज्यान गुमाएका ३ हजार र घरबारविहीन भएका करिब २ हजार अफगानप्रति उनले जित समर्पित गरेका थिए।

‘हामीसँग यस किसिमको जित र अवस्था अफगानिस्तानमा थिएन। मलाई लाग्छ अफगानिस्तानमा यो जितको ठुलो खुसीयाली मनाइने छ।

भूकम्पले ज्यान गुमाएका ३ हजारका आफन्त र घरबार विहिन भएका २ हजारभन्दा बढीको अनुहारमा केही खुसी दिने छ र उनीहरु थोरै समय भएपनि कठिन दिनहरु विर्सनेछन्’, खानले भनेका छन्।

जारी विश्वकपमा अफगानिस्तानको यो पहिलो जित हो। अघिल्ला दुई खेलमा अफगानिस्तान पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर