चन्द्र-सूर्य रहेसम्म कांग्रेससँगै जान्छौं भनेका छैनौं, हाम्रो एजेण्डा नस्वीकारे मोर्चाको पनि अर्थ छैन : घनश्याम भुसाल
‘धुन्धुकारी ओलीले घटाएको दुर्घटनाको कारणले यो गठबन्धन बनेको हो’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशमा समाजवाद आफ्नो पार्टीले मात्रै ल्याउन सक्ने दाबी गरेका छन् । नेकपा एस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा पनि आफूहरु केन्द्रित हुने बताए ।
उनले भने, ‘समाजवाद मात्रै होइन आजको राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा हामी, हाम्रो कार्यक्रम राजनीतिक शक्ति केन्द्रित गरौं भन्ने निष्कर्षमा पुग्यौं र अहिले हामीले मेची महाकाली अभियान गर्यौं हामीले सबैलाई समेटेर सभामा मात्रै नभएर अलग अलग पनि भेट्यौं । सामान्यत अभियान राम्रो भयो । धेरै राम्रो भयो । हामीले क्रमशः के भनेका छौं भने यो कार्यक्रममा हाम्रो एजेण्डामा आउनेहरुसँग एकता हुन्छ । नआउनेसँग एकता हुँदैन । कुनैदिन कांग्रेससँग हाम्रो यसैमा पर्नसक्छ । हामीले चन्द्र, सूर्य रहेसम्म कांग्रेससँगै जान्छौं भनेका छैनौं ।’
उनले कांग्रेससँग मिलेर समाजवाद आउँछ भन्ने पक्षमा आफूहरु नरहेको प्रष्ट पारे ।
उनले भने, ‘धुन्धुकारी ओलीले घटाएको दुर्घटनाको कारणले यो गठबन्धन बनेको हो । समाजवादी मोर्चा पनि त्यही हो । यो ओरेन्टेसन समाजवादी मोर्चाले लिँदैन भने हामीलाई किन चाहियो ? प्रदेशस्तरको भेला गरेर भाषण गर्नको लागि किन चाहियो ? कांग्रेससँगको गठबन्धन पनि हामी यही आधारमा हेर्छौँ । तर, अहिले उत्ताउलो भएर आजै छोडिहाल्नुपर्छ यो प्रधान शत्रुसँग हामी मिल्नुहुन्न भन्ने हिसाबले अघि बढ्दैनौं ।’
एमालेले ओली गुटको कब्जामा रहेसम्म दक्षिणपन्थकै सेवा गर्ने आरोप लगाए ।
उनले भने, ‘आजको अवस्थामा ओली गुुटले कब्जामा भएसम्म दक्षिणपन्थकै सेवा गर्छ । अहिले एमालेको मुद्दा के छ हेर्नुस् त ? उम्मेदवारमा लडेका छन् । केका लागि लडेको भन्दा अड्रमा को बस्ने भनेर हेर्नुस् त ।’
अन्ततः दिल्लीको एजेण्ट हो भन्ने कुरामा कुनै शंका छैन । यस्ता बकम्फुस्से पंगुरामलाई राजनीतिबाट विस्थापित गर्नुपर्छ । अनि मात्र देश बन्छ ।
यो घने मानसिक रोगी बनिसक्यो । यसको पार्टी कहाँ पुग्यो संसारलाई थाहा छ माउवादी र कांग्रेसको बुई चढेर उफ्रन लाजै नलाग्ने
आजसम्मको भाषण र व्यवहार हेर्दा त त्यस्तै लाग्छ ।