प्रधानमन्त्री प्रचण्ड नियमित चेकअपका लागि नर्भिक अस्पतालमा
नेपाल प्रेस
२०८० असोज ३० गते १९:२१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित चेकअपका लागि अस्पताल पुगेका छन् ।
प्रचण्ड मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक युवराज शर्माको सल्लाहअनुसार नियमित चेकअपका लागि अस्पताल पुगेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना हुनेगरी नगएर सामान्य चेकअपपछि आजै सरकारी निवास बालुवाटार फर्किनेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर