गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, अधिकांश बालबालिकासहित ५ सयभन्दा बढीको हत्या
काठमाडौं । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौँ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
मङ्गलवार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।
प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा बालबालिकासहित ५०० सय बढीको निधन भएको छ । अधिकांश प्यालेस्टाइनी मारिएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो ।
संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।
आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।
‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ’, यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भने, ‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ ।’
मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलवार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो । त्यहाँ शरण खोजिरहेका करिब ४,००० मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलवार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।
शक्तिको नाममा मानवता र मानव मुल्य विहिन,
शक्ति राष्ट्र छि छि अमेरिकी साम्राज्यवाद मुर्दावाद।