कांग्रेस छाडेर आएलगत्तै कमल थापाले कृष्ण कार्कीलाई दिए महामन्त्रीको जिम्मेवारी – Nepal Press

कांग्रेस छाडेर आएलगत्तै कमल थापाले कृष्ण कार्कीलाई दिए महामन्त्रीको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर कास्की नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस छाडेर आफ्नो पार्टी रोजेका कार्कीलाई महामन्त्रीको जिम्मेवारी दिएको अध्यक्ष थापाले बताएका छन् ।

कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर