पेट्रोल पम्पमा तौलभन्दा कम डिजेल झरेको भेटिएपछि एपीएफ भन्छ- प्राविधिक समस्या – Nepal Press

पेट्रोल पम्पमा तौलभन्दा कम डिजेल झरेको भेटिएपछि एपीएफ भन्छ- प्राविधिक समस्या

काठमाडौं । सशस्त्र प्रहरी बल-एपीएफको हल्चोकस्थित पेट्रोल पम्पमा एउटा नोजलले तौलभन्दा कम डिजेल झार्ने गरेको भेटिएको छ । केन्द्रीय अनुगमन टोलीको अनुगमनपछि उक्त नोजलबाट डिजेल वितरण रोकिएको छ । सशस्त्र प्रहरी बल–एपीएफका सहायक प्रवक्ता शैलेन्द्र थापाले प्राविधिक समस्याका कारण तौलभन्दा कम डिजेल झरेको बताए ।

उनले अघिल्लोपटक तौलभन्दा बढी पेट्रोल झर्ने समस्या आएपछि नापतौल विभागबाट प्रतिनिधि बोलाएर समस्या समाधान गरिएको बताए । ‘डिजेलको सन्दर्भमा पनि भोली नापतौल विभागबाट प्रतिनिधि बोलाएर समस्या समाधान गरिने छ’, उनले भने ।

तौलको समस्या समाधान नहुँदासम्म उक्त नोजलबाट वितरण रोकिएको उनले बताए । ‘अन्य नोजलबाट वितरण भने भइरहेको छ’, डीएसपी थापाले भने । सशस्त्र प्रहरी बलका अनुसार २० दिनअघि पेट्रोल प्रतिलिटर ५० एमएल बढी झर्ने गरेको पाइएको थियो । ‘अहिले डिजेल प्रति ५ लिटर २ एमएल कम झरेको भन्ने छ’, थापाले भने ।

पेट्रोल पम्पहरुले तौलभन्दा कम परिमाणमा डिजेल पेट्रोल वितरण गर्ने गरेको गुनासो बढ्न थालेपछि केन्द्रीय अनुगमन टोली पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *