मुख्यमन्त्री कार्यालयका हवलदार सहितका तीनजना चितुवाको छाला र चरेश तस्करीमा पक्राउ
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार सहितका तीनजना चितुवाको छाला र चरेश तस्करीमा पक्राउ परेका छन् । धनगढीस्थित शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।
उनकाअनुसार उनीहरूको साथबाट ६ किलो ७४० ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।
प्रहरीले अहिले तीन जन माथि थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बाजुराबाट चितुवाको छाला ल्याएको प्रहरीले बताएको छ ।