विश्वकप क्रिकेट: न्यूजील्यान्डको चौथो जीत, अफगानिस्तान पराजित – Nepal Press

विश्वकप क्रिकेट: न्यूजील्यान्डको चौथो जीत, अफगानिस्तान पराजित

काठमाडौं । न्यूजील्यान्डले आईसीसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यस जीतसँगै न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट, नेदरल्यान्ड्सलाई ९९ रन तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।

जीतका लागि २८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए ।

त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्यूजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन÷तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे ।

त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रनको योगफल बनायो । न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक÷एक विकेट झारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *