गगन थापा भन्छन्- ८४ मा पनि गठबन्धन गर्ने भए कांग्रेस एक रहँदैन (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कांग्रेसले गठबन्धन गर्नेभए पार्टी एक नहरने बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ०८४ को निर्वाचनमा समाजवादी मोर्चासँग चुनाव लड्ने बताए।
उनले भने, ‘०८४ मा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं कसैले कल्पनै नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भनेर कसैले भन्छ भने नेपाली कांग्रेस पार्टी एक रहने कल्पना नगरे हुन्छ। क्लियर कुरा गर्दिएको छु। त्यसमा कुनै अलमल छैन।’
अहिले प्रधानमन्त्रीले राम्रो काम गरेजति आफूले नराम्रोजति कांग्रेसको कारणले भनिरहेको बताए। उनले मन्त्रीहरुले नै कांग्रेसको कारणले काम गर्न नसकेको भनेर समाचार लेखाइरहेको बताए।
उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भाग लगाउनुपर्ने भएकाले त्यसो गर्न नहुने उनको भनाइ छ। जतिसमय जुन पार्टीले चलाउँछ एक्लै चलाउन दिनुपर्ने बताए।