नेपालको घातक बलिङसामु हङकङ ९४ रनमा समेटियो, करनले लिए ४ विकेट
नेपाल प्रेस
२०८० कार्तिक २ गते १२:३४
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४ रनमा समेटिएको छ। हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्यो।
नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक/ एक विकेट हात पारे।
हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा १५ रन खर्चिए ।
हङकङले पाचौँ विकेटका लागि १९ र छैटौँ विकेटका लागि ३० रनको साझेदार गरेको थियो। ३.३ ओभर बलिङ गरेका सोमपालले पनि केवल १० रन मात्र दिए।
प्रतिक्रिया
सम्बन्धित खवर