त्यसपछि म ‘एनआरएन’ को निसर्त समर्थक भएँ
२०७२ को भारतीय नाकाबन्दी विरोधमा विश्वभर नेपाली माहोल बनाउन सरकारले सकेन । सबैभन्दा ठूलो दलले त नाकाबन्दी भन्दै भनेन । विदेशमा तीन दर्जन पनि कूटनीतिक मुकाम नभएको नेपालले विश्वभर कूटनीतिक हल्ला गर्ने औकात पनि राखेन । तर, ठीक त्यसैबेला डीभी, पीआर र ग्रीन कार्ड लिएका तथा नलिएका गैरआवासीय नेपालीले विश्वभर प्रदर्शन गरे । विश्वका मिडियामा फाट्टफु्ट्टमात्रै आएको समाचार सडकमा पोख्न एनआरएन सफल भए । एनआरएन अर्थात् सार्क देशबाहिर दुई वर्ष बढी बसेका जुनसुकै नेपाली अनुहार । विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन होस् वा भारतीय प्रधानमन्त्रीको बेलायत भ्रमणमै हल्ला गर्न होस् एनआरएनहरूले नेतृत्व लिए । हो, त्यही बेलाबाट मलाई आफ्ना पुराना धारणा गलत भएको महसुस भयो ।
नेपाल छोड्नु । नेपाली नागरिकता छोड्नु । डीभी, पीआर, ग्रिन कार्डको नाममा उतै बस्न रुचाउनु । विदेश बसेर नेपाली नेतालाई अर्ती दिनु । यो सबै देख्दा मलाई गैरआवासीय नेपाली अर्थात् एनआरएन्सँग बढो झोँक चल्थो । विदेश बसेर देशलाई अर्ती दिने भन्दै मैले झोँक आफ्ना सामाजिक सञ्जालहरूमा व्यापक पोखेको थिएँ । म गलत रहेँछु । एनआरएन त देशका सदाबहार राजदूत पो रहेछन् । एनआरएन त देश नपुगेको क्षेत्रमा देश बोकेर जाने बेतलबी ब्राण्ड एम्बासडर पो रहेछन् । हो त्यहीँबाट मैले एनआरएनलाई देशलाई माया नगर्नेहरू भनेर भन्न छोडे ।
हो म एनआरएनहरूमा हुने मानव तस्करीदेखि गैरकानूनी विदेश प्रवेशको खरो विरोधी हुँ । तर, राज्यतहमै तस्करी गर्ने सत्ताका खेलाडीहरूले त्यो विरोध गर्ने अधिकार राख्छन् ? हो म एनआरएनले विदेशमा बसेर पनि नेपाली शैलीको राजनीतिक गन्जागोल गरेकोमा फरक मत राख्छु । तर, देशमा जस्तै विदेशमा पनि नेपालका थोत्रा राजनीतिक दोकान निर्यात गर्ने राजनीतिक दलहरूका अनुहारलाई फरक मत राख्ने अधिकार छैन ।
नाकाबन्दी प्रकरणले एनआरएनसँग सकारात्मक भएको मैले सोही सालको भूकम्प सम्झिएँ । भूकम्पमा विश्वभरबाट आएको जनस्तरको राहत सम्झिएँ । त्यो राहत के बीबीसी, सीएनएन र अलजजिराको समाचारले मात्रै आएको हो त ? होइन । हुन्थ्यो त हालसालै अफगानिस्तानमा पनि भूकम्प गयो । सबै विश्व मिडियामा समाचार आयो । नेपालको जस्तो राहत भने आएन । टर्कीदेखि सिरियाका भूकम्पका कथा यस्तै छन् । युरोपदेखि पूर्वी एसियासम्म, अरबी दुनियाँदेखि अमेरिकी गोलार्द्धसम्म सबैतिर गैरआवासीय नेपालीहरूले बनाएको ‘पर क्यापिटा गुलविल’ राम्रो थियो । नेपालको विश्वभर देखिने कूटनीतिकले हैन, एनआरएनले बनाएको त्यो गुडविलले भूकम्पको नेपालमा विश्वको राहत नेपालमा व्यापक आयो । एनआरएन त देश छोडेर भाने भगौडा होइन रहेछन् । एनआरएन त देशलाई झन बलियो बनाउने खम्बा पो रहेछन् । हो त्यहीँबाट मैले एनआरएनलाई भगौडा भन्ने काँचो आरोप लाउन छोडेँ ।
अठार महिनाअगाडि देशको वैदेशिक मुद्रा सञ्चिती ज्यादै बिजोग भएका समाचार आए । त्यो सम्भावित बिजोग अन्त्य गर्न सरकारले दाता देश तथा संस्थाहरूलाई भन्दा एनआरएनलाई भर गर्यो । एनआरएनले आपतकालीन बैठक गर्यो । कार्यकारी अध्यक्ष कुल आचार्यले सभापतित्व गरेको बैठकले हरेक गैरआवासीय नेपालीलाई नेपाली बैंकहरूमा कम्तीमा एक हजार अमेरिकी डलर राख्न भन्यो । यो घटनादेखि एनआरएन विदेशमा भएको फुइँ लाउने जमात होइनन्, उनीहरू त देशलाई आर्थिक आपत् आइलाग्दा चाहिने दरिला आडभरोसा पो हुन् भन्ने लाग्यो । हो त्यहीँबाट मैले एनआरएनलाई नेपालको चिन्ता होइन आफ्नो चिन्ता गर भन्ने छोडे ।
यो देशबाट युरोप सीधा हवाई उडान छैन । प्लेनको अभावमा होइन, प्रतिबन्धको प्रभावमा हो । दशक अगाडि नेपाली हवाईजहाजमा लागेको प्रतिबन्धले त्यो तनाव आएको हो । अब केही महिनामै नेपाल र युरोप सीधा उडान हुँदैछ । यो हुनुमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र पर्यटनमन्त्री किरातीको कूटनीतिले हुन लागेको उडान होइन । यो त एनआरएनबाट हुन लागेको हो । बेलायत मुख्यालय र नेपालमा कार्यालय भएको हिमालय जेट नामक एनआरएनकै अनुहारले खोलेको विमानसेवा प्रदायकको कारणले हो । जमुना गुरुङ अध्यक्ष भएको कम्पनीले १८ वाइडबडीबाट नेपाल र युरोप जोड्दैछ । नेपाल र अमेरिका जोड्दैछ । हो यहीँबाट मैले एनआरएन नेताहरूलाई राजनीति गर्नेहरूमात्रै भन्न छोडेँ ।
रेमिटान्सले चलेको देशमा एनआरएनदेखि वैदेशिक रोजगारीमा जानेहरूको योगदान महत्वपूर्ण छ । यसबारेमा तथ्य र तथ्यांकहरू बोल्छन् । दल र कर्मचारीतन्त्र नेतृत्वको अक्षमताले निर्यातको नाममा युवा र देशको खराब चित्रमात्रै विश्वभर निर्यात गर्ने देशमा कम्तीमा देशका नेता, कर्मचारी पाल्नेदेखि जनताको भातभान्सासम्म मुद्रा आयात गर्ने एनआरएन नै हुन् । यो दाबी होइन । सत्य हो । एनआरएन त यो देशका अन्नदाता हुन् ।
यो देशका नेताहरूको विदेश भ्रमणमा लागेका पासपोर्टमा एनआरएनका पसिना छन् । एनआरएनले अगुवाइ गरेका कार्यक्रमहरूमा नि:शुल्क भ्रमण गर्नेहरूमा प्रधानमन्त्री भइसकेकादेखि उदीयमान नेताहरू छन् । यो देशका कलाकारहरूले बोक्ने ब्राण्डेड ग्यागेडका बिलदेखि उनीहरुका तारकातार विदेश सफरका बोर्डिङ पासहरूमा एनआरएनहरुकै रगत पसिनाका थोपा लागेका छन् । उनीहरूका घरडेरीमा एनआरएनका चन्दा उठाएर भएका कार्यक्रमका जरा छन् । चाहे भोजपुर पैवादुङ्माका दोहोरिएर चुनाव जित्ने अध्यक्ष किरण राईको चुनावी खर्चमा होस् वा विश्वभरबाट लाखौं भ्यूज पाएर युट्युब व्यवसायबाट राम्रो आम्दानी गर्ने मोरङ उर्लाबारीका युट्युबर किशोर श्रेष्ठको खर्चबर्चमा होस्, एनआरएन जोडिएकै छन् ।
यो देशलाई एनआरएनले दिन सक्ने जत्ति सबै कुरा दिएका छन् । अर्थ दिएका छन्, आवाज दिएका छन्, पहिचान दिएका छन् । आज हामी शेष घले, जीवा लामिछाने र उपेन्द्र महतोलाई विदेशका खर्बपति नेपाली भनेर गर्व गछौँ । तर, के उनीहरूले नेपाली नेतृत्वबाट गौरव गर्ने आधार पाएका छन् ? आज हामी अमेरिकी प्रदेश सांसद भएका ह्यारी भण्डारीदेखि हलिउड सेलिब्रेटीदेखि विश्वभरका एलिटहरूका डिजाइनर प्रबल गुरुङ नेपाली भएको गर्व गर्छौं । के उनीहरूले नेपालबाट त्यस्तै गर्व गर्ने केही कुरा पाए ? हो नपाएकोमा उनीहरूलाई झोँक चल्दो हो ।
यो देशबाट युरोप सीधा हवाई उडान छैन । प्लेनको अभावमा होइन, प्रतिबन्धको प्रभावमा हो । दशक अगाडि नेपाली हवाईजहाजमा लागेको प्रतिबन्धले त्यो तनाव आएको हो । अब केही महिनामै नेपाल र युरोप सीधा उडान हुँदैछ । यो हुनुमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र पर्यटनमन्त्री किरातीको कूटनीतिले हुन लागेको उडान होइन । यो त एनआरएनबाट हुन लागेको हो ।
एनआरएनको नागरिकता जुन देशको भएनि जोडिने ‘नेपाली’ नै हो । नेपाली अस्ट्रेलियन, नेपाली अमेरिकन, नेपाली बेलायती आदि इत्यादि । त्यो जोडिएको नेपाली फूर्को इज्जतिलो बनाउन हामीले नउभ्याएको सगरमाथा, हामीले सोचेर नजन्मेका बुद्ध र हामीले आफूभन्दा अरुलाई काम गर्ने गोर्खाभन्दा मौलिक कुरा के के दियौँ ? दिएनौँ । हो, त्यो नदिएकोले एनआरएनलाई झोँक चल्छ । झोँक शेष घले, जीवा लामिछाने, उपेन्द्र महतो, ह्यारी भण्डारी र प्रबल गुरुङहरुले खुलेर नपोख्लान् । तर, आम एनआरएनले त पोख्छन् । त्यो पोख्नु उनीहरूको अधिकार हो । त्यो झोँक चल्नुमा देशको राजनीतिक र कर्मचारीतन्त्र नेतृत्व दोषी छ । त्यसमा चर्को आलोचना गर्न पाउनु उनीहरूको अधिकार हो ।
तालेवानले महिला अधिकार सिध्याए अथवा उत्तर कोरियामा लोकतन्त्र दिएन भनेर जसरी विश्वले आलोचना गर्छ । आक्रोश पोख्छ । ठीक त्यसैगरी सबैथोक दिन्छु भनेर संविधानमै दिएका नेताले खासमा केही दिएनन् । स्वीजरल्याण्ड बनाउने सपना देखाएर स्वाजिल्याण्ड पनि बनाएनन् भन्दै गाली गर्ने अधिकार नेपाली र एनआरएनलाई मात्रै छैन । विश्वको जुनसुकै नागरिकलाई छ । एनआरएनको दोहोरो नागरिकमा कुनै दुर्लभ अधिकार होइन् । त्यो विश्वभर प्रचलनमा आएको एक अधिकार हो । त्यही दिनुलाई बक्सिस भन्न मिल्दैन ।
हो म एनआरएनहरूमा हुने मानव तस्करीदेखि गैरकानूनी विदेश प्रवेशको खरो विरोधी हुँ । तर, राज्यतहमै तस्करी गर्ने सत्ताका खेलाडीहरूले त्यो विरोध गर्ने अधिकार राख्छन् ? हो म एनआएनले विदेशमा बसेर पनि नेपाली शैलीको राजनीतिक गन्जागोल गरेकोमा फरक मत राख्छु । तर, देशमा जस्तै विदेशमा पनि नेपालका थोत्रा राजनीतिक दोकान निर्यात गर्ने राजनीतिक दलहरूका अनुहारलाई फरक मत राख्ने अधिकार छैन ।
हो म एनआरएनहरूले बिहानदेखि बेलुकासम्म आक्रोशमात्रै पोखेकोमा आलोचक हुँ । तर, त्यो आक्रोश पोख्ने खराब देशको बिम्ब बनाउने सत्तामा बसेका र बसेको अनुभव हुनेहरूलाई आलोचक हुने अधिकार छैन । हो म देशको राजनीतिक, कर्मचारीतन्त्र, प्रहरी, सेनाको शीर्ष पदमा बसेर राम्रो पैसा कुम्ल्याएर अन्तिममा एनआरएन हुन जानेहरूको विरोधी हुँ । तर, त्यस्तो अवस्था ल्याउन संरचनागत भूमिका खेल्न दल र नेता नेताहरूले यसको विरोध गर्ने अधिकार छैन ।
समय सान्दर्भिक राम्रो लेख।
तपाईको बुझाई गलत थिएन । फाईदाकोलागी देश र नागरिकता त्यागेर जानेहरुलाई एम्बासडर बनाउनुको कुनै अर्थ छैन । तर पुर्व नेपालीहरुले देशलाई माया गर्नु र चासो राख्नु उहाहरुको प्राकृतिक अधिकार हो । अन्तिम अनुच्छेदलाई अझ अनुसन्धान गरेर अर्को लेख आउनेछ भन्ने बिश्वास गर्दछु।