चाडबाडको छेको पारेर भोजपुरमा एमालेको चियापान कार्यक्रम
भोजपुर । नेकपा एमाले भोजपुर नगर कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दसैँतिहार, छठ, नेपाल सम्वत्लगायतका पर्वको अवसर पारेर भोजपुर सदरमुकाममा शुभकामनासहित चियापान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले चाडबाडले नेपाली समाजमा भ्रातृत्व र एकता छरेको बताए । उनले दसैँतिहार, छठलगायतका चाडबाड पछिल्लो समय नेपालीको साझा चाडको रूपमा विकास भएको भन्दै यसले आपसी सद्भाव र सहयोगको भावनालाई समेत प्रगाढ बनाएको बताए ।
अन्य वक्ताले चाडबाडका नाममा हुने विकृतितर्फ सचेत रहन र गक्षअनुसार मनाउनुपर्नेमा जोड दिए ।
नगर कमिटी अध्यक्ष दुर्गा योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विमल रनपहेंलीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघ, व्यापारी, बुद्धिजीवीलगायतको सहभागिता थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका उपसभापित डम्बरकुमार श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदय प्रताप तामाङ, भोजपुर नगरपालिकाका वडाअध्यक्ष नवीन प्रधान, नगर सहइन्चार्ज जीत किरातलगायत उपस्थित थिए ।