पाल्पामा बढ्दो डेंगी संक्रमण, थप एक जनाको मृत्यु
नेपाल प्रेस
२०८० कार्तिक २ गते १९:५५
रूपन्देही । पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।
पुरुषको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । यो वर्ष पाल्पामा डेंगीबाट ४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर