एनआरएनए चुनाव- ‘स्पेलिङ इरर’ ले शून्य भोट, जुम मिटिङ बस्न खोज्दा कोलाहल – Nepal Press

एनआरएनए चुनाव- ‘स्पेलिङ इरर’ ले शून्य भोट, जुम मिटिङ बस्न खोज्दा कोलाहल

काठमाडौं । गैरआवासीय नेपाली संघको चुनावमा उपाध्यक्षका एक उम्मेदवारले शून्य मत पाएको विषयलाई लिएर उब्जेको कोलाहल अझै शान्त भएको छैन । सम्मेलन स्थल सोल्टी होटलमा अहिले पनि तनावको स्थिति छ ।

उपाध्यक्षका उम्मेदवार डा। केशव पौडेलको काठमाडौंबाट शून्य मत आएको भोटिङ सिस्टमले देखाएको थियो । त्यसपछि अध्यक्षका पराजित दुई उम्मेदवारले मत परिणाम नमान्ने घोषणा गरेका छन् । विवाद समाधानका लागि निर्वाचन समितिले प्रयास गरिरहेको छ ।

स्रोतका अनुसार प्राविधिक गडबडीका कारण काठमाडौंमा पौडेलको शून्य मत आएको निक्र्यौल भइसकेको छ । पौडेलले काठमाडौंमा ३५६ मत पाएका छन् । तर, ग्लोबलमा र काठमाडौंमा उनको नामको स्पेलिङमा फरक पर्दा काठमाडौंको मत शून्य देखाएको हो ।

ग्लोबल भोटिङमा उनको नाम kesab भनेर दर्ता थियो । यता काठमाडौंमा भने Keshav भनेर दर्ता रहेको पाइएको छ । स्पेलिङ फरक परेपछि सिस्टमले काठमाडौंमा उनको आएको भोट काउन्ट नै गरेन । काठमाडौंको ३५६ मतलाई कुल मतमा मर्ज गर्न सिस्टमले दिएन ।

यो निक्र्यौलपश्चात निर्वाचन समितिले सबै पक्षलाई जुम मिटिङमा राखेर समाधान खोज्ने प्रयत्न गरिरहेको छ । तर, पराजित उम्मेदवारहरु यस निम्ति तयार छैनन् । जुम मिटिङको तयारी भइरहँदा पराजित पक्षले होहल्ला र नारावाजी गरिरहेको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर