गैरआवासीय नेपालीमाथि झाँक्रीको आक्रोश अशोभनीय – Nepal Press

गैरआवासीय नेपालीमाथि झाँक्रीको आक्रोश अशोभनीय

अन्टसन्ट अभिव्यक्ति दिएर चर्चामा आउन र भाइरल हुन रुचाउने रामकुमारी झाँक्रीको गैरआवासीय नेपाली संघको अधिवेशनमा दिएको उनले बोलेका केही कुराहरू जो जनसंख्याको एकतिहाइ युवाहरूको देशप्रेम भावनामाथि प्रहारमात्रै होइन । आफू खुंखार देशप्रेम र मजत्तिको नेतृ यस देशमा छैनन् म नै सर्वेसर्वा हुँ भन्ने घमण्डको पराकाष्ठ हो ।

झाँक्री तिनै हुन् जसको राजनीतिक पृष्ठभूमि एक अराजक गतिविधिबाट सुरूवात भएको हो । २०६२/०६३ को दोश्रो जनआन्दोलनताका जेण्डरको फाइदा उठाएर पद्मकन्या क्याम्पसको पर्खालको झाडीमाथि बसेर उनले गुल्मीमा सिकेको गुलेली खेलाउने कलालाई राम्रैसँग सुरक्षाकर्मीमाथि छानीछानी टाउकोमा प्रहार गरिन् । त्यतिबेला ती तल्ला जवान सिपाहीहरूको टाउकाको कुनै अर्थ रहेन ती रगताम्य भएर सडक सडकमा ढले । ती अनगिन्ती थिए । ती कैयौं दर्जनौ सिपाहीहरू थिए । तर, झाँक्रीमाथी कहिँकतैबाट झुक्किएर कसैले ढुंगा बर्सायो उनी रगताम्य भइन् । हरेक दुर्घटनाले अवसर र चुनौती लिएर आएको हुन्छ । झाँक्रीलाई त्यस दुर्घटनाले अवसर दिलायो । झाँक्री रातारात भाइरल बनिन् । पत्रपत्रिकामा छाइन् । त्यस गुलेलीको कलाबाट झाँक्रीले पछाडि फर्केर हेर्नु परेन । एमाले अध्यक्ष केपी ओलीसँग नजिक र टाढाको लुकामारीमा उनले बारम्बार ओलीलाई कटाक्ष गरेर चर्चामा आउन चाहिरहिन् ।

केपी ओली र माधव नेपालबीचको झगडाको फाइदा उठाएर माधव नेपालको पाखुरा समाएर उनले मन्त्री पद त पड्काइन त्यस पदमा बस्ने योग्यता भएपनि योग्य हुन लागि उनले देखाएको हर्कत चर्चित थियो । जब पद जाँदै थियो उनको रोदन लाजमर्दो नै थियो । हामी देख्नेलाई त झनै लाजसरमको विषयको पराकाष्ट नै थियो ।

झाँक्रीलाई हेक्का रहोस् । विदेशीमा श्रम गर्न पुगेका कुनैपनि देशका नागरिकले त्यस देशप्रतिको दायित्व निभाएकै छन् त्यो भारतमा होस वा पाकिस्तानमा । भारतमा जब इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन् त्यतिबेला देशभित्र आर्थिक संकट टार्न उनले विदेशमा बस्ने भारतीयलाई गुहारिन् । विदेश बस्ने प्रत्येक भारतीयहरूले आफ्नो क्षमताअनुसार देशको ढुकुटीमा पैसा पठाए । जब पाकिस्तानमा सैनिक जनरल परवेज मुर्सरफले सत्ता आफ्नो हातमा लिए । उनले पाकिस्तानको वैदेशिक ऋण घटाउन यसैगरी विदेश बस्ने पाकिस्तानीहरूलाई गुहारे ।

अब तीनै झाँक्रीले दिएको अभिब्यक्तिबाट सुरूवात गरौं- ‘तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानून र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो ? यही चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं। तपाईंहरूले यस्ता कुरा गर्न सुहाउँदैन ।’

यसो भन्दै गर्दा उनलाई यो हेक्का रहेनछ कि विदेशमा बस्ने करिब करोडौं नेपाली झाँक्रीजस्ता भुइ्ँफुठ्ठा खालका नेता र नेतृका कारण विदेशिनु परेको हो । दुर्भाग्य नै भन्नुपर्दछ यति सानो देश जसको करिब तीन करोड जनसंख्याको एकतिहाइ श्रम गर्न, एकपेट खान र लगाउन विदेशिनु परेको पीडामाथि झाँक्रीको अभिव्यक्तिले तीनिहरूको देशप्रेममाथि पलाएको भावनालाई निमठ्नु हो । झाँक्रीमात्रै त्यस देशकी नेतृ होइनन् र उनलाई यो अभिव्यक्ति दिने नैतिकता र हैसियत छैन ताकि उनको राजनीतिमा आउने अन्य नेताको जस्तो त्याग र बलिदान छैन । भारतजस्तो विशाल जनसंख्या भएको देशमा पनि करिब ४ करोड मान्छे विदेशिएका छन् जसको जनसख्या अर्बभन्दा माथि छ ।

श्रममन्त्री हुने कुनै पनि नेताले विदेशका नयाँनयाँ देशमा श्रम स्वीकृति गर्न पाए आफूलाई अहोभाग्य ठान्ने देशमा । जुन देशमा मान्छेले उत्पादन गरेका चिजभन्दा मान्छेलाई नै श्रम गर्न विदेश पठाउँदा पुरुषार्थ ठान्ने सरकार र मन्त्रीहरूमा एकजना पूर्वमन्त्री झाँक्रीले यस खालको अभिव्यक्ति दिनु भनेको बौद्धिक दिवालियापन पनि हो । यिनी र यिनीजस्ता नेताको अभिव्यक्तिका कारण र यिनका रजगज हटाउन पनि हरेक गैरआवासीय नेपालीहरूले प्रत्येक चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न नेपाल टेक्नै पर्ने हुन्छ ।

झाँक्रीलाई हेक्का रहोस् । विदेशीमा श्रम गर्न पुगेका कुनैपनि देशका नागरिकले त्यस देशप्रतिको दायित्व निभाएकै छन् त्यो भारतमा होस वा पाकिस्तानमा । भारतमा जब इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन् त्यतिबेला देशभित्र आर्थिक संकट टार्न उनले विदेशमा बस्ने भारतीयलाई गुहारिन् । विदेश बस्ने प्रत्येक भारतीयहरूले आफ्नो क्षमताअनुसार देशको ढुकुटीमा पैसा पठाए । जब पाकिस्तानमा सैनिक जनरल परवेज मुर्सरफले सत्ता आफ्नो हातमा लिए । उनले पाकिस्तानको वैदेशिक ऋण घटाउन यसैगरी विदेश बस्ने पाकिस्तानीहरूलाई गुहारे ।

यी दुई हाम्रै छिमेकी हुन् विदेश बस्नेहरूको देश प्रेम भावना कति हुन्छ भन्ने कुरा यी दुई कुराले झाँक्रीलाई प्रष्ट नपारेपनि बेलायतजस्तो विशाल साम्राज्यवादीलाई हटाउन प्रवासमा दुःख गरेका महात्मा गान्धी सन् १९१५ मा जनवरी ९ मा दक्षिण अफ्रिकाबाट स्वदेश फर्केर स्वतन्त्रताको लागि आफ्नो योगदान दिएका थिए । जसको सम्मानमा स्वर्गीय पूर्वप्रधानमन्त्री बाजपेयीले ९ जनवरीलाई प्रवासी भारतीय एकता दिवस मनाउने गरिन्छ । यति कुरा झाँक्रीले बुझुन् ।

नेपालमा कुनैपनि मान्छे रहरले विदेशिन्न । विदेशिन बाध्य पार्ने भनेको राज्य सत्ता र सरकार नै हो । सरकारले जापान होस् वा कोरिया सरकारी तवरबाट आफ्ना नागरिकलाई बोरामा आलु खाँदै झै विदेशिन बाध्य पार्दछ ।

विदेशिदै गर्दा कमसेकम तिनले रेष्टुरेन्टमा भाँडा माझेर होस् वा ट्वाइलेट सफा गरेर होस् उनले सम्बन्धित युनिभर्सिटीको फिस र आफ्नो पढाईअगाडि बढाउँदै इमान्दारीपूर्वक जीवन निर्वाह गरेका हुन् । तीनैले पठाएको रेमिट्यान्सबाट झाँक्रीले दुईछाक खाएर तिनैका अगाडि डकार्नु भनेको दुःखद हो । नत्र भने सरकारले विदेशमा श्रम सम्झौता गर्ने परिपाटीको अन्त्य गर्नुपरो । जसरी पनि भाइरल हुने सोचबाट ग्रष्त झाँक्रीका यसअघिका अभिव्यक्तिहरू पनि विवादित नै थिए । राष्ट्र्रपतिजस्तो गरिमामय पदमा रहेकी पूर्वराष्ट्र्रपति विद्या भण्डारीलाई पनि उनले बालकोट गएर बस्नू भन्ने जस्तो तुच्छ अभिव्यक्ति दिएकी हुन् । तुच्छ मान्छेहरूका अभिव्यक्तिहरू तुच्छै हुन्छन् ।

झाँक्रीलाई हेक्का नभएको अर्को पक्ष के हो भने अहिले विदेशिएका नेपालीहरू पहिलो पुस्ताका हुन् । यिनीहरूको ओरिजिन भनेको नेपाली हो । यसरी बोल्दै गर्दा विदेशिएका पहिलो पुस्ताका दाजुभाइ-दिदीबहिनीमाथि खनिनु हुँदैन । किनभने यिनीहरू दुई देशबीचको ट्र्रान्जिटमा छन् भन्ने बुझाई नरहेको देखिन्छ । उनी एमालेमा हुँदा प्रवास कमिटीमा बस्दैगर्दा उनको बारम्बार विदेश भ्रमण रह्यो उनले विदेशमा भ्रमण गर्दा कहिँकतै उनको लालच मनसाय भ्रातृसंस्थामा बस्ने कार्यकर्ताले नबुझेको इगो उनले गैरआवासीय मेलामा पोखिन् भन्दा अन्यथा हुँदैन । त्यसैले उनले ‘तपाईहरू विदेशमा बस्नेका घरघर पुगेकी छु’ भन्नु भनेको त्यै मनसाय हो ।

नेपालमा कुनैपनि मान्छे रहरले विदेशिन्न । विदेशिन बाध्य पार्ने भनेको राज्य सत्ता र सरकार नै हो । सरकारले जापान होस् वा कोरिया सरकारी तवरबाट आफ्ना नागरिकलाई बोरामा आलु खाँदै झै विदेशिन बाध्य पार्दछ ।

सो कार्यक्रममा गैरआवासीय नेपालीको मनसाय दोहोरो नागरिकताको निरन्तरता भन्ने प्रष्ट देखिन्छ । निर्वतमान अध्यक्ष कुल आचार्यले विगत एकदशकदेखि उठाउँदै आएको गैरआवासीयको मुद्दा नागरिकता निरन्तरतालाई पन्छाएर गैरआवासीय नेपाली नागरिकतामा सम्झौता गर्दा भोलिका पुस्ताले कहीँकतै तपाईँलाई फाँसीमा नचढाउन् भन्ने आशय हो । किनभने गैरआवासीय नेपाली नागरिकता अर्थात् सिटिजनसीप भन्नेबित्तिकै त्यसका अधिकारहरू हुन्छन् । विश्वमा सिटिजन दिनेबित्तिकै त्यसभित्र पर्ने मौलिक हक मताधिकारको अधिकार आइहाल्छ । त्यसैले गैरआवासीय नेपाली नागरिकता दिँदा त्यो अधिकार पनि दिइनु पर्दछ नत्र भने सामाजिक र आर्थिक अधिकार त गैरआवासीय नेपाली नागरिकता नलिइकन पनि एनआरएन कार्डका आधारमा पनि पाइएको छ । त्यो कार्ड नलिएपनि एनआरएन एक्ट २००७ को नियमावलीको अन्तिम परिच्छेद परराष्ट्र्र मन्त्रालयको ढाँचा अनुसार फर्म भरेर पनि पाइएकै छ भनेपछि यो गैरआवासीय नागरिकता दिइएको भनेर ढोल पिट्नको अर्थ छैन भन्ने हो ।

जसरी पनि भाइरल हुने सोचबाट ग्रष्त झाँक्रीका यसअघिका अभिव्यक्तिहरू पनि विवादित नै थिए । राष्ट्र्रपतिजस्तो गरिमामय पदमा रहेकी पूर्वराष्ट्र्रपति विद्या भण्डारीलाई पनि उनले बालकोट गएर बस्नू भन्ने जस्तो तुच्छ अभिव्यक्ति दिएकी हुन् । तुच्छ मान्छेहरूका अभिव्यक्तिहरू तुच्छै हुन्छन् ।

खासगरी गैरआवासीय नागरिकता नभनिकन गैरआवासीय नेपाली परिचय पत्र भने हुन्छ । नागरिकता भन्नु गलत हो भन्ने हो । जाबो यति कुरा माननीय रामकुमारी झाँक्रीले नबुझेर अन्तर्राष्ट्रिय सन्धि महासन्धिको वकालत गर्नु भनेको उनमा ज्ञानको अहमता छ भन्ने मुर्ख्याइँ हो । पूर्वअध्यक्ष कुलहरूलाई विदेशमा अन्य देशको नागरिक हुँ भनेर झूठा आधारमा लिइएको बसाईको अनुमतिपत्रहरूको वैधानिकता र देशभित्र जोडेको सम्पत्तिको सुरक्षालगायत नेताहरूले उनीभित्र लुकाउन चाहेको सम्पत्तिको सुरक्षाका लागि पनि उनलाई आर्थिक आयआर्जन बचाउन पनि हतार थियो । तर, सबै कुलजस्ता हुँदैनन् सम्पत्तिवाला विदेशमा बस्नेहरू । सम्पत्ति नकमाएका भएपनि ज्ञान र सीप अन्य क्षमताहरू कमाएका हुन्छन् तिनका लागि राज्यले दिने अवसर र देशभित्रका नागरिक सेवाका लागि अपनाइने आइडियामाथि बन्देज हो । यही कुरा सो सम्मेलनका अगुवाले उठाउन चाहेका हुन् माननीयको हेक्का भएन । सो उनको अभिव्यक्ति सम्पूर्ण गैरआवासीय तथा विदेश बस्ने नेपालीहरूको श्रम र पसिनामाथीको तिरस्कार हो ।

दोश्रो जनआन्दोलन होस् कि पहिलो विदेशमा बस्ने हरेकले नेपालको गणतन्त्र होस् वा प्रजातन्त्र त्यसको लागि प्रत्यक्ष वा अप्रत्यक्ष भौतिक होस् वा कूटनैतिकरूपमा सहभागी जनाएका छन् । मलाई थाहा भएअनुसार युरोपको पार्लियामेन्टअगाडि हजारौं नेपालीहरू सहभागी भएर घेरेका थिए नेपालमा गणतन्त्रको नारा लिएर । प्रत्येक देशमा बसोबास गर्ने नेपालीले त्यहाँका दूतावास होस् वा कन्सुलर शाखा सबैमा ज्ञापन पत्र बुझाउनेदेखि रेमिट्यान्स रोक्नेसम्मका गतिविधि गरेका थिए ।

यी कुरालाई नजरअन्दाज नगरी झाँक्रीको भनाइमा बिहान उठ्नेबित्तिक्कै स्टाटस लेख्ने ? नेपालको बारेमा भन्नु भनेको तिमीहरू यो देशको नागरिक नै होइनौ किन आउँछौ ? भन्ने खालको थियो । यसर्थ यस्ता उच्छृखंल अभिव्यक्ति दिएर विदेशमा श्रम गरेर दुःख गरेर इमान्दारीपूर्वक काम गरेका नागरिकमाथि देशभित्र दलाली गरेर ठगेर जनता भड्काएर भ्रष्टाचार गरेर कमाएकाहरूले ती इमान्दार नेपालीको भावना बुझ्ने कुरै भएन । भन्ने लाग्छ ।


प्रतिक्रिया

5 thoughts on “गैरआवासीय नेपालीमाथि झाँक्रीको आक्रोश अशोभनीय

  1. झाक्री सधैं अशोभनीय, अराजनीतिक छिन् । यिनलाई बोलाउनु नै गलत हो ।

  2. झाक्रीले नेपाललाई गाली गर्ने NRNA का खराव पक्षलाई गाली गरेको राम्रो हो

  3. मलाई चाहि झाँक्रीले अराजक एन आर एनलाई झाको झारेको मन पर्यो ।

  4. केहि कुराभन्न खोजेको ठिमैभयता पनि उनको आक्रोश हाउ भाउ बिध्यार्थि नेता को जस्तो आक्रमक उग्र देखिन्छ । एउटा सभ्य मन्तृ भै सकेको मान्छेले कुअ सभा कुन समारोह मा के बोल्ने भन्ने अलिकति पनि ध्यान दियको देखिदैन । NRN हरु भनेका पनि हाम्रै नेपाली दाजुभाइ हरु हुन भन्ने अलिकति पन्नि हेक्का छैन कि क्याहो । त्यस्तो अराजक अभिब्यक्ति उनिहरुकै सभामा सामान्य नेपाली नागरिक ले समेत पचाउन नसक्ने थियो । केतिन लाइ उपेन्द्र महतो बिरेन्द्र महतो लाइ यसरि फडकार्ने हिम्मत छ जस्ले अरवौ रुपया को लगानि यस देश मा गरिरहेका छन ।राज्य लाइ करतिरिरहेका छन्।आफु केहिगर्न नसक्ने केहि गरि खाने र आफ्नैदेशमा केहि गर्छौ हामि पनि बिदेश गय पनि आफ्नै देश प्रति जिम्म्वार हुनचाहान्छौ भन्दा के को फटकार हो यि झाकृनि को ।रास्तृय राजनितिमा पुगिसकेकोले त केहि नरम र सभ्य भै दिदा के नै जान्छ र भबिश्य माअलि शान्त हुनेकि ?

  5. झाँक्रीले आफ्नो मन्तब्य सुरुवात मलिन स्वरमा सुरुगरेकी थिईन, झाँक्रीलाई भड्काउने त समोसा को कथा भन्ने NRN र ट्रिलियन डॉलर भित्राउँछौं, हामी गर्छौ राजनीति भन्ने डलरको धाक दिने आफ्नो फाइदाको लागि नेपाली नागरिकता त्याग गर्ने अनि अहिले उता पनी गैर नागरिक नै भनेर हेपिए पछि नेपाली नागरिकताको लागि रोईलो गर्ने विदेशी गैर नेपाली ले सुरु गरेको थियो। झाक्री व्यक्तिगत रूपमा जे जस्तो भएपनि NRN लागि जारी गरेको गैर आवासिय नेपाली नागरिकता को बारेमा भने सही नै लाग्यो। NRN हरु हिजो आफू खुसी फाइदा देख्दा नेपाली नागरिकता त्यागने अहिले त्यही नागरिकता राजनैतिक अधिकार सहितको चाहियो भनेर रोईकराई गर्ने?NRN कम दल का झोले, हनुमान, हुक्के, भिजिलान्ते बढी देखियो अझ पदाधिकारी हरुको विद्युतिय भोटिङ्ग चयनले त प्रष्ट पर्यो कुन दल बाट को संचालित रहेछन भनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *