अशक्त मजदुरलाई दसैँ मनाउन खाद्यान्न सहयोग – Nepal Press

अशक्त मजदुरलाई दसैँ मनाउन खाद्यान्न सहयोग

विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सञ्चालन गरेको कार्य थलो अभियान अन्तर्गत अशक्त मजदुर पुण्यप्रसाद प्याकुरेल र सोम राईलाई सहयोग प्रदान गरिएको छ ।

ह्याप्पी नेपाल म्यानपावर कम्पनीका धरान शाखा प्रमुख दीपक दुमी राई र कम्पनीका कोअर्डिनेटर हेमा राईले सडक दुर्घटनामा परि थलिएका पुण्यप्रसाद प्याकुरेललाई पाँच हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री प्रदान गरे ।

यस्तै सङठनको समन्वयमा सडक दुर्घटनामापरि अशक्त बनेका चालक सोम राईको उपचारका लागि नगद ६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

सङ्गठनका अध्यक्ष भीम ज्वाला राई, जि फन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, सङ्गठन धरान अध्यक्ष कमल भट्टराई र सञ्चारकर्मी विकास चाम्लिङको उपस्थितिमा कम्पनीका शाखा प्रमुख दीपक दुमी राई र कोअर्डिनेटर हेमा राईले पुण्यप्रसाद प्याकुरेलको धरान १५ स्थित निवास र सोम राईको निवासमै पुगेर सामग्री र नगद हस्तान्तरण गरिएको थियो ।

कार्य थलोमै पुगेर मजदुरहरूलाई सहयोग गर्ने सङ्गठनको अभियान र मजदुरहरूको अवस्थाको बारेमा सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी गराए ।दसैँ खर्चलाई कटौती गरेर भए पनि सहयोग गर्ने उद्देश्यले सहयोग गरेको दीपक दुमी राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *