राष्ट्रपति पौडेलले गरे काठमाडौंका शक्तिपीठको दर्शन (भिडिओ)
काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।
बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
यसअघि राष्ट्रपति पौडेल पत्नी सवितासहित आज बिहान काभ्रेस्थित पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका थिए ।