जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि – Nepal Press

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि

जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ ।

आइतबार राति निशानपूजा सम्पन्न भएलगत्तै ८:२० बजेबाट बलि दिन सुरू गरियो । आज बिहान ४:०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ ।

बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक मिनेट ३० देखि ३५ वटा बोकाको बलि दिइएको छ ।

छिमेकी जिल्लाहरु सिरहा, महोत्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन् । भाकल (मनोकामना) पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *