यूएईमाथि दबाब बढाउँदै नेपाल, पाँचौ विकेट गयो
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत यूएईविरुद्ध जारी खेलमा नेपालले पकड बनाएकाे छ । १६.१ ओभरकाे खेल समाप्त हुँदा यूएइका पाँच ब्याट्सम्यान पेभिलिएन फर्केका छन् ।
टस हारेर ब्याटिङ गरेको यूएईले यो समाचार लेख्दासम्म १२० रन बनाएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका दुई विकट लिए । तेस्रो नम्बरमा आएका भृत्य अरविन्दले नेपालका बलरहरुको डटेर सामना गरिरहेका थिए । तर, उनलाइ अविनाश बाेहराले बाेल्ड गरेपछि यूएइ दवावमा परेकाे हाे । उनले ५१ बलमा ४५ रन बनाए ।
यूएईले २८ रनमा दुवै ओपनरलाई गुमाएको थियो । दुवैलाई सोमपालले आउट गरेका थिए । पहिलो विकेटका रुपमा खालिद साहलाई सोमपालले बोल्ड गरेर भने खतरनाक ब्याट्सम्यान मुहम्मद वसिम सोमपाललाई ठूलो प्रहार गर्ने चक्करमा गुल्सन झाबाट क्याचआउट भए ।
त्यसपछि अरविन्द र आसिफ खानबीचको साझेदारीले नेपाललाई खतराको संकेत देखाइरहेको थियो । तर, गुल्शनको बलमा विष्फोटक ब्याट्सम्यान आसिफ आउट भएपछि नेपाललाई राहत मिल्यो । आसिफलले १७ बलमा १८ रन बनाए ।
चौथो विकेटका रुपमा अलिसान सराफु रन आउट भएका छन् ।