यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तरगत जारी खेलमा नेपाललाई यूएईले १६५ रनको बलियो लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोड्यो ।
नेपालका फास्ट बलर सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक-एक विकेट रह्यो ।
खराब सुरूवात गरेको यूएईले २८ रनमा दुवै ओपनरलाई गुमाएको थियो । दुवैलाई सोमपालले आउट गरेका थिए । पहिलो विकेटका रूपमा खालिद साहलाई सोमपालले बोल्ड गरेर भने खतरनाक ब्याट्सम्यान मुहम्मद वसिम सोमपाललाई ठूलो प्रहार गर्ने चक्करमा गुल्सन झाबाट क्याचआउट भए ।
त्यसपछि अरविन्द र आसिफ खानबीचको साझेदारीले नेपाललाई खतराको संकेत देखाइरहेको थियो । तर, गुल्शनको बलमा विष्फोटक ब्याट्सम्यान आसिफ आउट भएपछि नेपाललाई राहत मिल्यो । आसिफले १७ बलमा १८ रन बनाए ।
चौथो विकेटका रूपमा अलिसान सराफु रन आउट भए । पाँचौ विकेटका रूपमा यूएईले अरविन्दलाई गुमायो । संयमित भएर खेलिरहेका अरविन्दले यूएईका लागि ५१ बलमा ४५ रन जोडे । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए ।
यूएईका लागि बासिर अहमदले विष्फोटक पारी खेले । उनले १९ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ४५ रन जोडेपिछ यूएई ठूलो स्कोरतर्फ लम्किएको थियो । बसिललाई अविनाशको बलमा नेपालका कप्तान रोहित शर्माले लङ अनमा सनसनीपूर्ण क्याच लिएर आउट गरे ।
सातौं विकेटका रूपमा अलि नासर करण केसीको बलमा आउट भए । केसीले आज महंगो बलिङ गरेका छन् । उनले ४ ओभरमा ५३ रन खर्चिएर एक विकेट मात्र लिएका छन् । अन्तिम बलमा उनलाई अर्को विकेटको मौका थियो, तर नेपालले क्याच ड्रप गर्यो ।