नेपालको आन्तरिक कारण चीनसँगको सम्बन्ध परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

नेपालको आन्तरिक कारण चीनसँगको सम्बन्ध परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् ।

आज चीनको राजधानी बेइजिङमा भएको चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र समावेशीताको कार्यक्रम आएको एक दशक पुगेको अवसरमा भिडिओ सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

चीनले नेपालको कोभिड–१९ लडाइँमा गरेको सहयोगको तारिफ गर्दै प्रधानमन्त्रीले नेपाल र चीनको सम्बन्ध मित्रता र विश्वासमा आधारित भएको बताए । नेपाल-चीन जोड्ने रेलमार्गदेखि ट्रान्समिसन लाइन निर्माणका कामहरु अगाडि बढाउन आवश्यक भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन ।’

चिनियाँ विदेश मन्त्रालय र चीनको थिंक ट्याङ्क चाइना इन्ष्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स्को संयुक्त आयोजनामा भएको अन्तरास्ट्रिय गोस्टीको उद्घाटन गर्दै चिनियाँ विदेशमन्त्रीले नेपाललाई भूकम्प हुँदा गरेको सहयोग स्मरण गरे भने लाओस् र चीन रेलमार्गको कारणले भूपरिवेष्ठित लाओस् भूजडित् भएको बताए ।

उनले आसियानको जनसंख्याकै संख्यामा चीनले कोभिड खोप उपलब्ध गराएको समेत बताए । विश्वको आर्थिक वृद्धिमा ३० प्रतिसत तथा एसियाको बृद्धिमा ६० प्रतिशत चीनको योगदान भएको भन्दै उनले त्यसको फाइदा सबै छिमेकहरुले लिनुपर्ने बताए । तर, त्यसको लागी शान्ति अनिवार्य सर्त भएको तर्क गरे ।

चिनियाँ रास्ट्रपति सीले हावा र घामको किरणसँग शान्तिको तुलना गरेको भन्दै उनले विकासमा शान्ति अनिवार्य भएको भन्दै शितयुद्धकालिन धङधङ्गी अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा मंगोलियाका प्रधानमन्त्री लुभसान्भ्सराई ओयुन–एर्देन, कम्बोडियाका उपप्रधानमन्त्री सुन चान्थोल, जापानका पूर्वप्रधानमन्त्री युसो फुकुदा, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लि हान चानदेखि पाकिस्तानका सिनेट अध्यक्ष महोम्मद सादिक सन्जराईनी लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर