लिङदेनको टिप्पणी- राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ (भिडिओ)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको दाबी गरेका छन् ।
प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एकमात्र आशा राजसंस्था भएको बताए ।
टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा भइरहेका टिप्पणीप्रति पत्रकारको जिज्ञासामा उनले भने, ‘२५० वर्षको इतिहास र गौरवशाली परम्परालाई राजमुकुट यहाँ छ, राजदण्ड यहाँ छ भनेर जिम्मा लगाएर देश नछोडी देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्यो । अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मुर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ ।’
दसैँतिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।
ज्ञानेन्द्रको पछि लागेर खाउँला भन्ने नसोचे हुन्छ । तिमीहरूको ज्ञानेन्द्रलाई पशुपतिले रोक्छन् अरूले केही गर्नै पर्दैन ।
अझै नेपाल मा राजा छन् भन्नेहरू दास मनोवृत्तिका स्वाठहरू हुन राप्रपा एउटा दल हो उसले लोकतान्त्रिक गणतन्त्र मानिसकेको अवस्थामा उसका नेता कार्याकर्ताले दिवा सपना देख्नु पागल पन हो