आयुर्वेद सेवाका लागि यसरी बनाइदैछ न्युनतम सेवा मापदण्ड – Nepal Press

आयुर्वेद सेवाका लागि यसरी बनाइदैछ न्युनतम सेवा मापदण्ड

रुपन्देही । .लुम्बिनी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यान्वयन हुने भएको छ ।

प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख तथा मेसुलाई बुटवलमा दुई दिनसम्म न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अनुशिक्षण गरिएको छ । यो कार्यक्रमले यसरी चलाइएका स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड तयका लागि आधारहरु तय गर्नेछ ।

संघीयता कार्यान्यवनपछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक यस खालको कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीमा एमएसएम फोकल पर्सन कौशल भण्डारीले बताए । उनले भने–अरु प्रदेशमा सुरु भएको थियो तर यहाँ यस पटकबाट आयुर्वेदमा पनि न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम सुरु गरिएको छ ।

यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अवस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नुपर्ने सेवा लगायतका विषयमा जानकारी हुने उनले बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रमअन्तर्गतका यो कार्यक्रम समावेश भएको र बजेट पनि गतवर्षभन्दा बढी बिनियोजन भएको समेत जनाए ।

न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि स्रोतव्यक्ति अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाका डा. नरेन्द्र खनाल, लुम्बिनी प्रदेश आपूर्ति व्यवस्था केन्द्रका रोशनलाल चौधरी, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि सबै तयारी गर्नुपर्ने जनाएका थिए ।

लुम्बिनी प्रदेशमा आयुर्वेद क्षेत्रमा दुई वटा अस्पताल रहेका छन् । दाडमा आयुर्वेदिक प्रादेशिक अस्पताल छ भने बुटबलमा लुम्बिनी आयुर्वेद चिकित्सालय रहेको छ । दाडको ३० बेड सञ्चालमा रहेको छ । त्यहाँ अप्रेशन, पंञ्चकर्म सेवा बालरोग सेवा, नाक, घाँटी, आँखा, फिजीयोथेरापी लगायतका सेवा सञ्चालनमा रहेका छन् भने न्युनतम शुल्कमा अप्रेशन हुने गरेको अस्पतालले जनाएको छ ।

त्यस्तै बुटबलको आयुर्वेदिक औषधालयमा हाल ओपीडी र पञ्च कर्म सेवा विस्तार गरिएको छ । नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको छ । बुटबलमा यसै वर्षबाट १५ बेडको अस्पताल सञ्चालन भएको छ ।

अस्पतालमा शालाक्य सेवा नाक, कान, घाँटी सेवा विस्तार र अन्तरंग सेवा सुरु भएको छ अस्पतालको प्रयोगशालामा सरकारी नियम अनुसारको न्यून शुल्क रहेको छ । पञ्च कर्ममा सामान्य शुल्क रहेको छ । अरु १२ मा आयुर्वेद स्वास्थ्य संस्था रहेका छन् । लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको अस्पतालको तथ्यांकले पनि देखाउँछ । पछिल्लो समय आयुर्वेदिक उपचारमा सर्वसाधारणलाई विश्वास बढ्दै गएको लुम्बिनी आयुर्वेद औषधालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले बताए । पछिल्लो समय यहाँको आयुर्वेद औषधालयमा भारतीय बिरामीको समेत चाप बढ्न थालेपछि र सरकारको पनि विशेष चासोमा पर्न थालेपछि स्वास्थ्यकर्मी हौसिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर