त्रिकोणात्मक सिरिजः थ्रिलिङ फाइनलमा यूएईसँग नेपाल पराजित – Nepal Press

त्रिकोणात्मक सिरिजः थ्रिलिङ फाइनलमा यूएईसँग नेपाल पराजित

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको छ ।

समूह चरणमा यूएई र हङकङमाथि पूर्ण रुपमा हावी भएको नेपाल फाइनलमा भने चुक्यो ।

टीयु क्रिकेट मैदानमा नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

यूएईका लागि कप्तान मोहम्मद वसिमले सर्वाधिक ४५ रन बनाए । वसिमले २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाएका थिए । आरयस शर्माले २५, अरविन्द्रले २६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका गुल्सन झा र अभिनाष बोहराले समान २-२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए ।

करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिएका थिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यूएईका लागि स्पिनर आयन खानले ३, अली नसिर र जहुर खानले समान २-२ विकेट लिएका थिए ।

तस्विरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *