मोटरसाइकल दुर्घनामा परी प्रहरी जवानको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घनामा परी प्रहरी जवानको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको हो ।

उनले चलाएको ज१२प ७१५४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा १२ः१५ बजे प्रहरी जवानको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर